मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

खानेपानीले झिनी बस्तीको मुहार फेरियो

उमेश रोकाया
२०८२ असार २४ | बिहान ०७:०३ बजे

‎बाजुरा , असार २४ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ धिम गाउँको झिनी लेखमा खानेपानी सञ्चालन भएको छ । विगत लामो समयदेखि आकाश पानीको भरमा खानेपानी पिउने गर्थे । अहिले खानेपानी निर्माण सम्पन्न संगै सञ्चालनमा आएपछि झिनी लेखमा बसोबास गर्ने स्थानीय बासिन्दा मुहार फेरिएको छ ।

‎‎पहिलो झिनीमा खानेपानी नहुदा कुवा अथवा आकाश झरेको पानी ट्यान्की जम्मा गरेर पानी खाने गरेका थियौं । कहिलेकाही गाउँबाट १ घण्टा हिडेर पिठ्युँमा बोकेर पिउने पानी ल्याएर खाने गर्थे । अहिले झिनी लेखमा खानेपानी धारो निर्माण भएपछि एकदमै खुसी भएको स्थानीय जुनु रावतले बताएकी छन ।

‎‎अहिले घर अगाडिबाट खानेपानी पाइरहेका छौँ । पहिला खानेपानी धारा नहुदा आकाशबाट आएको पानी माटो भित्र खाल्डामा जम्मा गरिएको पानी पिउने गरिन्थ्यो । कहिलेकाही घरबाट करिब घण्टा लगाएर पानी बोकेर खानुपर्ने स्थिति थियो । अहिले खानेपानी झिनीमा सञ्चालन हुँदा पिउने पानीका लागि धेरै सहज भएको छ । धारामा पानी आइसकेपछि पानी बोकेर खानु पर्दैन । बर्खा सिजनमा बर्षाको पानी खाल्डामा जमेर धमिलो पानी खानुपर्ने स्थिति अहिले अन्त्य भएको स्थानीय धनबहादुर रावतले बताउनुभयो ।

‎‎झण्डै २ वर्ष अन्तरालमा खानेपानी निर्माण भएपछि आजभोलि झिनी बस्तीमा खानेपानी धारा निर्माण गरेर पानी सञ्चालनमा आएको छ । लामो दुरी झिनी खानेपानी निर्माण योजनाको हिमाली गाउँपालिका दुइचोटी बजेट रकमले आज झिनी खानेपानी निर्माण गर्न सफल भएका छौँ । जुन पहिलो झिनी बस्तीमा खानेपानी समस्या थियोे त्यसको समाधान भएको छ । पहिला बर्षादको पानी भरमा पिउने पानी देखि गाइ बस्तुलाई खुवाउनु पर्ने बाध्यता अहिले हटेको छ । झिनी बस्तीमा पहिलोपटक खानेपानी धारामा पानी भरेर खान पाउदा निक्कै खुशी भएको झिनी खानेपानी निर्माण योजनाका उपभोक्ता समिति अध्यक्ष मोहन रावतले बताउनुभयो ।

‎हिमाली गाउँपालिका सबै बस्तीमा खानेपानी पुगाएका छौँ । अहिले धिम गाउँको झिनी लेख बस्तीमा खानेपानी निर्माण संगै सञ्चालनमा ल्याएको छ । १४ लाख रुपैयाँ बजेट विनियोजन गरेर झिनी खानेपानी निर्माण योजना सम्पन्न गरिएको छ । उपरिकोट देखि झिनी सम्म ६ किलोमीटर दुरीमा खानेपानी निर्माण संगै बस्तीमा खानेपानी पुर्‍याएको छ । पहिलो बर्षाको पानी जम्मा गरेर कहिले गाउँबाट पानी पिठ्युँमा बोकेर खानुपर्ने अवस्था अहिले अन्त्य भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

कमेन्टहरु