सकिन लाग्यो असार आधा किसानहरु रोपाइँ विहिन

नवलपुर टुडे
२०८२ असार २३ | मध्यान्ह ०८:०३ बजे

तिलक पराजुलि
पर्वत, बिहादी । मानो छरेर मुरी उब्जाउने वेला असारको महिना । यस बर्ष साल गाउँघरका अधिकांश खेतहरु अझै पनि रोपाँइ गर्न नपायर पानी कुरेर बसिरहेका छन् ।
गत वर्षमा अहिलेसम्म ८० प्रतिशत रोपाइँ सकिन्थ्यो । तर अहिले रोपाइँ गरेर छाडेका खेतहरु पनि पानी सुकेर फुट्न थालेका छन् । आधा आँधी वर्खा सकिदाँ पनि मुल फुट्ने गरि पानी पर्न सकेको छैन । किसानहरुले राखेको धानको बीउ बुढिन थालेको छ । गाँउका अधिकांश किसानहरु निराश भएर कहिले मुल फुट्ने पानी आउँछ र रोपाइँ गरौंला भनेर कुरेर बसिरहेका छन् ।
मकै खेती आधा बाँदरले लग्यो रहेको हरियैमा भाँचेर खेत खाली गरेर वसेका किसानहरुलाई प्रशस्त पानी नपर्नाले एकदमै समस्या उत्पन्न भएको छ । अघिल्लो वर्षहरुको अनुपातमा २० प्रतिशत पनि पानी नपरेको किसानहरुको जनगुनासो रहेको छ।























