चन्द्रौटामा ‘कोरीबाटी ब्युटी स्टुडियो एण्ड ट्रेनिङ सेन्टर’ सञ्चालनमा

नन्द किशोर कुर्मी (लालु)
२०८२ असार २२ | मध्यान्ह ०४:०३ बजे

कपिलवस्तु, चन्द्रौटा । कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा ‘कोरीबाटी ब्युटी स्टुडियो एण्ड ट्रेनिङ सेन्टर’ औपचारिक रूपमा सञ्चालनमा आएको छ । गङ्गा कम्प्लेक्स भित्र स्थापना गरिएको यो सेन्टर सौन्दर्य सेवा र तालिम प्रदान गर्ने उद्देश्यले खोलिएको हो।
सञ्चालक रेनु विश्वकर्माका अनुसार, स्टुडियोमा चायापोतो, डन्डीफोर, अनुहारमा देखिने दाना लगायतका समस्या ग्यारेन्टीसहित हटाइने सेवा उपलब्ध छ। साथै, अनुभवी प्रशिक्षकहरूको सहयोगमा बेसिकदेखि मास्टर लेभलसम्मका आधुनिक ब्युटी कोर्सहरू पनि उपलब्ध छन्। “कोरीबाटी ब्युटी स्टुडियोमा पार्लर सेवा मात्र नभई व्यावसायिक दक्षता प्राप्त गर्न चाहनेहरूका लागि तालिमको पनि व्यवस्था गरिएको छ,” विश्वकर्माले बताउनुभयो।
त्यस्तै, विवाह समारोहका लागि दुलही–दुलाहा सिँगार्ने विशेष सेवा पनि उपलब्ध गराइएको छ। कोरीबाटी ब्युटी स्टुडियोले “सौन्दर्यको कला, कोरीबाटिबाट सुरु!” भन्ने नाराका साथ सेवा सुरु गरेको बिश्वकर्माले जानकारी दिनुभयो। स्थानीयस्तरमै गुणस्तरीय र भरपर्दो ब्युटी सेवा पाउन सकिने भएकाले सेन्टरप्रति सेवाग्राहीको आकर्षण बढ्ने विश्वास गरिएको छ।


















