बाढी/पहिरो, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
मार्तडी काेल्टी सडक अवरुद्ध

उमेश रोकाया
२०८२ असार २२ | बिहान ०९:०३ बजे

बाजुरा , असार २१ । बाढी र पहिरोका कारण बाजुराकाे मार्तडी काेल्टी सडक लगायत देशका ७ वटा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ । शनिबार दिउँसो २ बजेसम्मको अद्यावधिक विवरण अनुसार ४ वटा राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।
नेपाल प्रहरीकाे रिर्पाेट अनुसार अविरल वर्षाका कारण बाजुराकाे मार्तडी काेल्टी सडक अन्तरगत बडीमालिका ७ ढम्कनेकाे भासुपातलमा अबराेध भएकाे जनाएकाे छ । बाजुराको मार्तडी–कोल्टी कच्ची सडक अवरुद्ध रहेको प्रहरीको भनाई छ ।


















