साहित्य

कविताको शिर्षक: सहकार्यको उज्यालो बाटो

नवलपुर टुडे
२०८२ असार २२ | बिहान ०७:०३ बजे

कविताको शिर्षक

सहकार्यको उज्यालो बाटो
(अन्तर्राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा)

सहकार्यको बीउ रोपिएको थियो,
सन् १९२३ मा, विश्व सहकारी महासंघले
आर्थिक–सामाजिक परिवर्तनका लागि
एकजुटको सपना देख्यो।
त्यसपछिका दशकहरूमा
सहकारी आन्दोलनले देश–देशको सिमाना काटेर
गरिबी, बेरोजगारी र असमानताको विरुद्ध
एक शक्तिशाली विकल्प बन्यो।
अन्तर्राष्ट्रिय सहकारी दिवस
हरेक जुलाईको पहिलो शनिबार मनाइन्छ,
सन्देश दिन
"हामी सँगै मिलेर समृद्धि सम्भव छ।"
बिना नाफाको भावना, साझा स्वामित्व र
लोकतान्त्रिक निर्णय प्रणालीले
सहकारी संस्था केवल कारोबार होइन,
मानवता र न्यायको स्वर बनेको छ।
नेपालमा पनि सहकारी शब्द
पञ्चायत कालदेखि घनिभूत हुँदै आएको छ,
लोकतन्त्रपछि त झन्,
सहकारी अभियानले गाउँ–गाउँ छोएको छ।
कृषि, बचत, सिप, विपद् व्यवस्थापनदेखि
महिला सशक्तिकरणसम्म

सहकारीले विकासको मूलद्वार खोलेको छ।
तर यथार्थमा चुनौतीहरू छन्,
केही सहकारीहरू राजनीति र स्वार्थको अखडा बने,
पारदर्शिताको अभाव, अनुगमनको कमजोरीले
संकटको संकेत पनि देखिन्छ।
तर त्यसले सकारात्मक प्रयासहरूलाई छायामा पार्न सक्दैन।
जुन ठाउँमा सहकारीले सद्भाव बोकेको छ,
त्यहाँ विश्वास फस्टाएको छ,
त्यहाँ समृद्धिको बीउ उम्रिएको छ।
आजको दिन
सहकारीको भावनालाई बलियो बनाउने दिन हो,
व्यक्तिगतभन्दा साझा सोच बनाउने क्षण हो।
सहकार्यको उज्यालो बाटो समाउँदै
समावेशी र समान समाज बनाउने
सजग प्रतिज्ञाको दिवस हो
अन्तर्राष्ट्रिय सहकारी दिवस।

याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १० भकुण्डे धौलेचउर

कमेन्टहरु