मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश

बुढिनन्दाका एसईईमा उत्कृष्ट ८ विद्यार्थी र विधालयलाई बधाई तथा सम्मान

उमेश रोकाया
२०८२ असार २१ | मध्यान्ह ११:०३ बजे

‎बाजुरा , असार २१ । बाजुरा जिल्लाको बुढिनन्दा नगरपालिकाले २०८१ का एसईईमा उत्कृष्ट जिपिए ल्याउने सफल विद्यार्थी र विधालयलाई बधाई तथा सम्मान कार्यक्रम गरिएको छ । बुढिनन्दा नगरपालिका आयोजनामा एसईईमा उत्कृष्ट ल्याउने ८ जना विद्यार्थीहरु सम्मान तथा बधाई कार्यक्रम सहित प्रति एक जना विद्यार्थीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिएको बुढिनन्दा नगरपालिका प्रबक्ता जंगवीर रोकायाले बताएका छन ।

‎एसईईमा उत्कृष्ट ल्याउने देवडाँडा माध्यमिक विधालय सृष्टि रावत सत्य माध्यमिक विधालय विकास रावत र मिलन खड्का नन्देश्वरी माध्यमिक विधालय अमृत शाही जनप्रकाश माध्यमिक विधालय नोवेल गिरी, प्रशान्त रेग्मी, अनिल बोहरा र कमल सार्की सहित आठ जना विद्यार्थीहरु सहित सम्बन्धि विधालय व्यवस्थापन समिति अध्यक्ष र पाँच वटा माध्यमिक विधालय प्रधानाध्यापक लाई पाँच हजार रुपैयाँको पुरस्कार प्रदान तथा सम्मान कार्यक्रम गरिएको छ । जिल्लाकै एसईईमा उत्कृष्ट नतिजा आउन सफल भएको प्रबक्ता रोकायाले बताउनुभयो ।

जिल्ला भरी सेतो गुराँस संस्था टेस्ट परिक्षा नतिजा अनुसार ५४ प्रतिशतमा आएका छौँ । अतिरिक्त क्रियाकलाप कुरा गर्ने हो भने २०४५ साल भन्दा यता पहिलोपटक १३ वर्षपछि १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्डमा प्रथम स्थान ल्याएर सिल्ड प्राप्त गर्न सफल भएका बुढिनन्दा नगरपालिका नगर प्रमुख जनक कुमार बोहराले बताउनुभयो ।

सुदुरपश्चिम् प्रदेश खेलकुद क्षेत्रमा बुढिनन्दा नगरपालिका पहिलो भएको छ । हाम्रो लगानी पहिलो वर्ष  ७० प्रतिशत , दोस्रो वर्ष ६० प्रतिशत लगानी गरेको छ । नगर शिक्षक ६० भन्दा बढी राखेको छ । नगर प्रमुख रोजगार र प्रधानमन्त्री रोजगार सबैभन्दा बढी शिक्षा क्षेत्रमा लगानी गरेका छौँ । नगरपालिकाले नि:शुल्क ट्युसन पढाईको व्यवस्था गरेको छ । शिक्षा क्षेत्र अरु क्षेत्रभन्दा फरक छ । निरन्तर ३ वर्षको शिक्षा क्षेत्रको लगानी अनुसार जिल्लाकै पहिलो २०८१ को एसईईमा उत्कृष्ट ल्याउने विद्यार्थीहरुलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना दिएको नगर प्रमुख बोहराले बताउनुभयो ।

कमेन्टहरु