बुटवलस्थित सिद्देश्वरी लालकुमारी माविले एसइईमा ४ जीपीएसहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगरपरिक्रमा गरी सम्मान


मनु गुरुङ
बुटवल । रुपन्देहीको बुटवल दिपनगर- ७ अवस्थितत सिद्देश्वरी लालकुमारी माध्यमिक विद्यालयमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा ४ जीपीएसहित उत्तिर्ण सबै विद्यार्थीहरुलाई शनिबार अबिर र फुल माला लगाई नगरपरिक्रमासहित सम्मान गरेको छ ।
विद्यालयबाट ४ जीपीए ल्याउने छात्रा सुदिक्षा सुवेदीसहित ४८ जना विद्यार्थीलाई विद्यालयपरिसरबाट नगरका विभिन्न क्षेत्रमा बाजागाजासहित सम्मानसहित परिक्रमा गराइएको हो ।

विद्यालयबाट एसईई परीक्षामा सहभागी विद्यार्थी मध्ये ४ जीपीएसहित १५ जना विद्यार्थीले उत्तिर्ण गर्न सफल भएका छन् भने ३३ जना विद्यार्थीले ए, बी प्लस र बी ग्रेडमा उत्तिर्ण हुन सफल बुटवल उपमहानगर पालिका , बडा न ७ कार्यालय, व्यवस्थापन समिति, निर्माण समिति, पुर्व बिद्यालय व्यवस्थापन, सामाजिक अभियन्ता, समाजसेवी, बुद्दिजिबी, शिक्षाप्रेमी, अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीको कडा मेहनतले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बिद्यालयका प्राचार्य दिनानाथ गिरीले उल्लेख गरे।
सो अवसरमा शुभकामना व्यक्त गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेले हल्लाको पछि नलागी बास्तविक यथार्थको धरातलमा रहेर सम्पुर्ण अभिभावक, शिक्षाप्रेमी, बिधार्थी भाइबहिनीहरुलाई सिद्देश्वर मावि उत्कृष्ट गन्तव्य भएको दाबी गर्दै उनले कक्षा ११÷१२ का लागि पनि उपयुक्त वातावरणमा शिक्षा प्रदान गर्न सक्षम रहेको उल्लेख गरे ।
कार्यक्रममा २०/७५ युवा क्लब दिपनगर- ७ ले र विद्यालयबाट ४ जीपीए ल्याउने छात्रा सुदिक्षा सुवेदीलाई १० हजार नगदले सम्मान गरेको छ।
























