धर्म–संस्कृति/रीतिथिति, विश्व

म १३० वर्षभन्दा बढी बाँच्न चाहन्छुः दलाई लामा

नवलपुर टुडे
२०८२ असार २१ | मध्यान्ह ०७:०३ बजे

तिब्बती बौद्ध धर्मगुरु दलाई लामाले शनिबार आफ्ना अनुयायिहरुलाई सम्बोधन गर्दै आफू १ सय ३० वर्ष बढी बाँच्न चाहेको बताएका छन्। नोबेल शान्ति पुरस्कार विजेता तथा तिब्बती बौद्ध धर्मगुरु लामाले शनिबार आफ्नो अनुयायीहरूलाई सम्बोधन गर्दै उक्त आशा ब्यक्त गरेका हुन्।

रोयटर्सका अनुसार उनले यसअघि ११० वर्षसम्म बाँच्न सक्ने अनुमान गरेका थिए। तर अहिले त्यो भविष्यवाणीलाई २० वर्षले बढाएका छन्। लामाले आफ्नो दीर्घायुको कामना गर्दै अनुयायीहरूले आयोजना गरेको एक विशेष पूजाअर्चना कार्यक्रमका सम्बोधन गर्दै उक्त अभिव्यक्ति दिएका छन्।
उनी आईतवार ९० वर्ष पुग्दै छन्। यो घोषणासँगै उनले अनुयायीहरूलाई आश्वस्त पार्दै भने, ‘म मरेपछि पनि म पुनर्जन्म भएर धर्मको आध्यात्मिक नेताका रूपमा फर्कनेछु।’ यसैबीच, चीनले दलाई लामाको उत्तराधिकारी आफूले नै छनोट गर्ने दाबी गरिरहँदा उनले केही दिन अघि त्यो अधिकार चीनलाई नभएको बताएका थिए। लामाको यो अभिव्यक्तिपछि पुनर्जन्मको अधिकारबारे विवाद झनै गहिरिँदै गएको छ।

उनले आफ्नो मन्तब्यमा बुद्धधर्म र तिब्बती जनताको राम्रो सेवा गर्न सकेको भन्दै आफ्ना अनुयायिहरुलाई सम्बोधन गरेका थिए। प्रार्थनाका बीचमा घाँटी सफा गर्दै बोलेका लामाले भने, ‘मैले अहिलेसम्म बुद्धधर्म ९बौद्ध शिक्षाहरू० र तिब्बती प्राणीजगतको सेवा राम्रोसँग गर्न सकेको छु।’
उनले थपे ुर म अझै पनि १३० वर्षभन्दा बढी बाँच्ने आशा बयक्त गर्दछु।ु यो सुनेपछि उपस्थित अनुयायीहरूले तालि र जयजयकारका साथ उनको भनाइमा प्रसन्नता सहित स्वागत गरेका थिए।

१४औँ दलाई लामा, जो तिब्बती बौद्ध धर्मका अहिलेसम्मकै सबैभन्दा दीर्घायु आध्यात्मिक गुरु हुन्, उक्त पूजा समारोहमा उनी करिब ९० मिनेटसम्म सहभागी भएका थिए।

यो विशेष कार्यक्रम भारतको उत्तरी पहाडी सहर धर्मशाला स्थित लामाको मन्दिरमा आयोजना गरिएको थियो। उनी १९५९ मा चीनविरुद्धको असफल विद्रोपछि तिब्बतबाट निर्वासनमा परेर धर्मशालामा बस्दै आएका छन्।

समारोहमा संसारभरबाट हजारौँ अनुयायीहरू सहभागी भएका थिए। सबैजना उनीप्रति श्रद्धा, समर्थन र लामो जीवनको कामनासहित उपस्थित थिए। उनले भने, ‘हामीले आफ्नो देश गुमाएका छौँ र भारतमा निर्वासनमा जीवन बिताइरहेका छौँ। तर मैले धेरै प्राणीहरूको हित गर्न सकेको छु। त्यसैले, धर्मशालामै बसेर सकेसम्म धेरै प्राणी र धर्मको सेवा गर्ने मेरो निश्चय रहेको छ।’

उनले तिब्बती भाषामा बोलेको मन्तव्य कार्यक्रममै अंग्रेजी र अन्य भाषाहरूमा सँगै अनुवाद गरिएको थियो। चीनले तिब्बतमाथिको नियन्त्रणलाई थप बलियो बनाउन चाहिरहेको छ, र दलाई लामालाई चीनले विघटनवादी को रूपमा हेर्ने गर्दछ।

बेइजिङले दलाई लामाको उत्तराधिकारी छनोटमा अन्तिम अधिकार आफ्नै नेताहरूले गर्नुपर्ने पुरानो साम्राज्यकालीन परम्परा दोहोर्यातउँदै आएको छ। तर दलाई लामाले केही दिन अघि उनको पुनर्जन्म ुस्वतन्त्र संसारु मा हुने बताए। यसको अर्थ उनले चीन बाहिर हुने बताएका थिए। उनले यसै साता भने, ‘मेरो पुनर्जन्मको पहिचान गर्ने एकमात्र अधिकार मेरो गैरनाफामूलक संस्था ‘गदेन फोड्राङ् ट्रस्ट’ मा मात्र सिमित रहने छ।’

दलाई लामा यस्तो व्यक्तित्व हुन् जसको प्रभाव केवल तिब्बती बौद्ध अनुयायीमा मात्र सीमित छैन। उनको अनुयायिता संसारभर फैलिएका छन्। धेरैलाई उनको करिश्मा, करुणा र अहिंसाको दर्शनले आकर्षित गर्छ।

उनीलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। आईतवार उनको जन्मदिनको विशेष समारोहमा भारतका वरिष्ठ मन्त्रीहरू, अमेरिकाबाट कूटनीतिज्ञहरू र हजारौँ भक्तजन सहभागी हुने कार्यक्रम रहेको छ।

कमेन्टहरु