सप्तरीबाट स्रोत नखुलेको ७ लाख रकमसहित एकजना पक्राउ

नवलपुर टुडे
२०८२ असार २० | मध्यान्ह ०५:०३ बजे

सप्तरी । स्रोत नखुलेको रकमसहित एकजना पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहाको भगवानपुर गाउँपालिका-४ ठारी बस्ने ५८ वर्षीय जगदिश यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो।
बलान बिहुल गाउँपालिका-२ बाट स्रोत नखुलेको नगद ७ लाख रुपैयाँ र मोबाइल १ थानसहित सिराहा उनलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनले प्रयोग गरेको म.प्र-०१-००४ प ७९८९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















