मुख्य समाचार, शिक्षा, समाचार, सुदुरपश्चिम प्रदेश
विधालय बाहिर अथवा असहाय बालबालिकालाई शैक्षिक सामाग्री सहयोग


बाजुरा , असार २० । विधालय बाहिर रहेका अथवा असहाय बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । हिमाली गाउँपालिका – ५ रुगिन गाउँमा रहेकोे बागेश्वरी माध्यमिक विधालयका १३ जना, मंगलमय आधारभूत विधालय १० जना र सरस्वती आधारभूत विधालय ३ जना सहित २६ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
प्रति विद्यार्थीलाई एक वटा झोला, एक दर्जन कापी र एक दर्जन कलम विधालय बाहिर रहेका अथवा असहाय बालबालिकालाई हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बालबालिकालाई हस्तान्तरण गर्नुभएको छ । गाउँपालिकाको विशेष सहयोग यो शैक्षिक सामाग्री विद्यार्थी पाउदा निकै खुशी भएका छन । सानोतिनो सहयोगले विद्यार्थीको पढाईलाई सेवा पुगेको बागेश्वरी माध्यमिक विधालय प्रधानाध्यापक दिल बहादुर कार्कीले बताएका छ्न ।
विधालय बाहिर रहेका विद्यार्थी विभिन्न कारणले पढ्न छोडेकालाई पढ्न आकर्षक गराउन असहाय आमाबाबु नभएको विद्यार्थीहरुलाई पठनपाठन सहयोग पुगोस् भन्ने हिसाबले शैक्षिक सामाग्री वितरण गरिएको हो । पढाई बन्चित नहोस् भन्ने तरिकाले सबैलाई पढ्न आकर्षक बनाउन लागि हिमाली गाउँपालिकाले शैक्षिक सामाग्री सहयोग गरेको विधालय निरीक्षक परम पाण्डेले बताउनुभयो ।
सानो सहयोगले पठनपाठन वातावरण बनोस् भन्ने उद्देश्यले यो कार्यक्रम राखिएको हो । पालिका भरी शैक्षिक सामाग्री वितरण कार्यक्रम रहेकोे छ । पालिकामा कक्षा ८ र १० को वार्षिक परिक्षा प्रथम र दितृय हुने विद्यार्थीलाई पुरस्कार दिइने गरेको छ । आगामी आर्थिक वर्षमा अभिभावक र शिक्षक संगै राखेर कार्यक्रम गर्ने निति तथा कार्यक्रम राखिएको छ । राज्यबाट पाउने सेवा सुबिधा बन्चित नगराउन र आधारभूत तहका विधालय बालबालिकालाई पढाई बन्चित नहुन शैक्षिकसत्र सुरु संगै विभिन्न कार्यक्रम गर्दै शैक्षिक सामाग्री सहयोग प्रदान गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।
भर्ना नभएका विद्यार्थीलाई विधालयमा भर्ना गरिएको छ । उनलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ । यो सहयोगले विद्यार्थीको भविष्य उज्यालो बनोस् भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो । राज्यले दिएको आधारभूत नि:शुल्क कक्षा पढाईलाई प्रभावकारी बनाउन झोला , कापी र कलम बालबालिकालाई दिएको वडा अध्यक्ष प्रदिप थापाले बताएका छ्न ।
शैक्षिक सामाग्री वितरण कार्यक्रम हिमाली गाउँपालिका -५ का वडा अध्यक्ष प्रदिप थापाको अध्यक्षता प्रमुख हिमाली गाउँपालिका गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी, विधालय निरीक्षक परम पाण्डे अतिथि रोजगार संयोजक बिर्ख राज पाण्डे, रुगिन स्वास्थ्य चौकी इन्चार्ज विमला पाण्डे, IDEALपरियोजनाको सहायक क्षमता विकास अधिकृत सम्झना शाही, प्रधानाध्यापक दिलबहादुर कार्की सहित उपस्थिति रहेकोे थियो ।























