अर्थ, इतिहास, कोशी प्रदेश, गण्डकी प्रदेश, घटना, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, प्रबास, बिश्व, रोजगार, विश्व

“उज्यालो नेपालका नायक” कुलमान घिसिङ युएईमा विशेष अन्तरक्रिया कार्यक्रममा सहभागि हुन आउदै हुनुहन्छ।

कबिराज राजबंशी
२०८२ असार १९ | बिहान १२:०३ बजे

“उज्यालो नेपालका नायक” कुलमान घिसिङ युएईमा विशेष अन्तरक्रिया कार्यक्रममा सहभागि हुन आउदै हुनुहन्छ।IMG 20250702 WA0002

प्रवास यूएई/ आउँदो ६ जुलाई आईतबारको दिन “उज्यालो नेपाल का नायक” को रुपमा चिनिने ३ करोड नेपालीको मनमुटुमा बस्न सफल तथा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ यूएईमा विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी हुन आउनु हुँदैछ । यूएईमा क्रियाशील नेपाली संघ-संस्थाहरू र आदिवासी जातिय समुदायको संयुक्त पहलमा आयोजना गरिने यो कार्यक्रम दिउँसो २ बजे देखि क्लव SK7, युएइको प्रमुख शहर दुवईको बर दुबई मा आयोजना हुने भएको छ।

kulman

उक्त कार्यक्रममा यूएई लगायत मध्यपूर्वका नेपाली दाजुभाइ-दिदीबहिनीलाई कुलमान घिसिङसंग प्रत्यक्ष भेटघाट गर्न, आफ्नो अनुभव साझा गर्न र उज्यालो नेपाल निर्माणमा उहाँको योगदानबारे सुन्न अवसर मिल्नेछ। कार्यक्रममा प्रवेश निःशुल्क रहेको आयोजकहरूले जानकारी दिएका छन्। कुलमान घिसिङले यस भ्रमण २ जुलाई देख १३ जुलाई सम्म मध्य पूर्वको राष्ट्र खाड़ी बहराइन, ओमान, यूएई र कतारका नेपाली श्रमिकहरूसँग समेत प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको जानकारी गराएका छन्।

उहाँले भनेका छन्“म तपाईंहरूलाई टाढाबाट होइन, नजिकबाट सम्झन आउँदै छु, तपाईंहरूको जीवन, संघर्ष र सपना बुझ्न र मेरा अनुभवहरू साटासाट गर्न यो यात्रा थालेको हुँ।”

आयोजकहरूले यूएईका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई सफल बनाउन हार्दिक अनुरोध गरेका छन् ।

 

 

 

 

 

 

 

कमेन्टहरु