समाचार, समाज

बुटवलमा व्यूटिसियन संघको स्थापना दिवसमा रक्तदान

नवलपुर टुडे
२०८२ असार १८ | मध्यान्ह ०१:०३ बजे

बुटवल । नेपाल व्यूटिसियन संघ रुपन्देहीको १८औं स्थापना दिवसको अवसरमा बुधबार बुटवलमा रक्तदान कार्यक्रम गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ३१ जनाले रक्तदान गरेको संघकी रुपन्देही जिल्ला अध्यक्ष अनिता केसीले जानकारी गराउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका वरिष्ठ उपाध्यक्ष तेजेन्द्र कार्कीले व्यूटिसियन संघको स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो । उहाँले ट्रेड युनियन आन्दोलनमा व्यूटिसिन संघको महत्वपूर्ण योगदान रहेको बताउँदै अधिवेशनका वेलामा भएका गतिविधि र त्यसले सिर्जना गरेको तिक्तताले आन्दोलनलाई प्रभाव पार्न नहुने बताउनुभयो ।

photo 2025 07 02 13 22 00

कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिका कोषाध्यक्ष सञ्जय दाहाल, लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ, केन्द्रीय सदस्य लक्ष्मण रायमाझी, संस्थापक शान्ति शर्मा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । त्यस अवसरमा संघकी जिल्ला अध्यक्ष अनिता केसीले २०६४ असार १८ गते नेपाल व्यूटिसियन संघ रुपन्देही शाखा स्थापना गरिएको जानकारी गराउँदै स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

संघ स्थापनासंगै विभिन्न आरोह अवरोहका बिच व्यूटिसियनहरुलाई संगठित गर्दै यहाँसम्म आएको र मुलुकको पूनसंरचनासंगै पालिकाहरुमा समेत संगठन विस्तार गरिएको जानकारी गराउनुभयो ।

संघकी जिल्ला उपाध्यक्ष जुना रानाको सञ्चालनमा भएको कार्यक्रममा कार्यसमिति सदस्य पिपला सुवर्णकारले स्वागत गर्नुभएको थियो ।

कमेन्टहरु