मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश, स्वास्थ्य
हिमालीमा सुनौलो हजार दिनकी आमाहरूलाई खाद्यान्न वितरण


बाजुरा , असार १८ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका सुनौलो हजार दिनकी आमाहरूलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
हिमाली गाउँपालिका – ५ नदापाटा, बच्छ्या, रुगिन र कियुडी गाउँका हजार दिनकी आमाहरू १ सय ४४ जनालाई प्रति चामल एक कट्टा, नुन र तेल एक/एक पाकेट हिसाबले दिएको हिमाली गाउँपालिका स्वास्थ्य संयोजक गोबिन्द बोगटीले बताउनुभयो ।
एक हजार दिन भित्र बच्चा ८० प्रतिशत परिपक्व भैसकेको हुन्छ । गाउँमा कुपोषण अन्त्य गर्न जनचेतनामूलकविभिन्न कार्यक्रम गरिएको छ । बच्चा कुपोषण भएन भने पढ् लेख गर्न सक्ने बलियो खालको हुन्छ । सुनौलो हजार दिनकी आमाहरूबाट हुने बच्चाको कुपोषण हटाउन निम्ति यो कार्यक्रम गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छन ।
हजार दिनकी आमाहरूको बच्चा सफा र स्वस्थ राख्नका लागि पोषिलो खाना संगै गर्भवती अवधिभर ४ पटक सुइ लगाउनुपर्छ । कम्जोर बच्चा नहोस् भन्ने हिसाबले कार्यक्रम गरिएको हो । हिजोको भन्दा धेरै फरक छ । प्रत्येक गाउँमा स्वास्थ्य संस्था संचालन गरिएको छ । कुपोषण नहोस् भन्नाले यो सुनौलो हजार दिनको आमालाइ पोसिलो झोला वितरण कार्यक्रम अन्तर्गत खाद्यान्न वितरण गरियो अध्यक्ष मल्लले बताए ।
”कुपोषण हुन्छन् , भोलि जन्मेका बच्चा कस्तो किसिमको हुने त्यो जिम्मेवारी सुनौलो हजार दिनकी आमाहरूको कर्तव्य हो ।” त्यही भएर गर्व अवस्था आमाहरूले ख्याल गर्नुपर्छ । स्वास्थ्य अवस्था स्वस्थ र सफा भएर बच्चा जन्मेको हो भने राम्रो हुन्छ । कुपोषण हेर्दा सबैभन्दा बढी स्वास्थ्य तथ्यांकअनुसार हिमाली गाउँपालिका – ५ नम्बर वडा हुँदा अरु ठाउँ भन्दा पहिलो प्राथमिकता दिएको प्रबक्ता भिमानन्द पाण्डेले बताउनुभयो ।
रुगिन,बछ्या , नन्दापाटा,क्युडी टोलमा सुनौलो हजार दिनको आमालाइ पोसिलो झोला वितरण गरेको छ । उक्त कार्यक्रम हिमाली गाउँपालिका – ५ का वडा अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि हिमाली गाउँपालिका -४ का वडा अध्यक्ष तथा प्रबक्ता भिमानन्द पाण्डे, वडा नम्बर ३ अध्यक्ष मंगल बुढा स्वास्थ्य संयोजक गोबिन्द बोगटी सहित सहभागिता रहेकोे प्रबक्ता भिमानन्द पाण्डेले बताएका छन ।























