समाचार, समाज

नेपाल मगर युवा संघद्वारा प्रथम खुल्ला रक्तदान कार्यक्रम

नवलपुर टुडे
२०८२ असार १७ | मध्यान्ह ०२:०३ बजे

मनु गुरुङ
बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ कानुङ मगर भवनमा मगंलबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ७ का अध्यक्ष पदमराज गाहाले सेवा नै धर्म हो। रक्तदान महादान हो ।अरुलाई रगत दान गर्नु पुन्यको काम हो । युवाहरुले थालेको यो प्रयास सराहनीय भएको बताउनुभयो । बिशिष्ट अतिथि नेपाल मगर संघका अध्यक्ष बसन्ती साठीघरेले युवाहरुले चालेको यो प्रयासमा सार्है खुशी लागेको बताए । यो कार्य निरन्तर रहोस भन्दै शुभकामना दिनुभयो ।

कार्यक्रमा मगर युवा संघका अध्यक्ष कुमार रानाले ले सम्मान पत्र हस्तान्तरण गर्नुभएयो । कार्यक्रममा नेपाल मगर युवा संघ उपाध्यक्ष दिलीप थापा मगरको संयोजकत्वमा भएको थियो । सो रक्तदान कार्यक्रममा २९ युनिट रगत संकलन भएको र नियमित रक्तदाता सघंलाई बुझाएको सरंक्षक कृष्ण थापा झेडी मगरले जानकारी दिनुभयो ।

अतिथिहरु सुर्य बहादुर गाहा नेपाल मगर संघ वडा अध्यक्ष, मगर बुद्ध समाजको सल्लाहकार पुर्ण बहादुर तरामु मगर, तमु (गुरुङ) युवा समितिका अध्यक्ष बिजय गुरुङ, पदम बहादुर टलांमी मगर, कर्ण बहादुर दर्लामी मगर, सुरेस गैरे, राम सेन्चुरी, मनिसरा सारु मगर, लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

कमेन्टहरु