शिक्षा, समाचार

सिद्धेश्वरी लालकुमारी माविमा एसइई उत्तिर्ण विद्यार्थीहरुलाई बधाई तथा सम्मान

नवलपुर टुडे
२०८२ असार १७ | मध्यान्ह ०२:०३ बजे

मनु गुरुङ्ग
बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा न ७ मा रहेको सिद्धेश्वर लाल कुमारी माबिले एसइई उतिर्ण विद्यार्थीहरूलाई सोमवार बधाई तथा सम्मान गरेको छ। सिद्धेश्वरी लालकुमारी माविबाट ४९ जना विद्याथीहरुले एसइई परीक्षा दिएकामा ४ जिपिए ल्याउने सुदिक्षा सुवेदीसहित ४८ जना विद्यार्थीहरु कक्षा ११ मा भर्ना हुन योग्य भएका थिए। जसमध्ये ३.६ जिपिए ल्याउने १५ जना, ३.२ देखि ३.६ जिपिए ल्याउने २५ जना २.८ देखि ३.२ सम्म ल्याउने छ जना र २ं.४ देखि २.८ जिपिए ल्याउने २ जना रहेका छन।

विद्यार्थीहरुलाई सम्मान तथा बधाई ज्ञापन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा वडा न ७ का जनप्रतिनिधि राधा पौडेलले यो बिद्यालय वडा न ७ को गहना भएको दावी गर्दै यस विद्यालय प्रति हामी सबैले गर्व गर्ने लायक बनेको उल्लेख गर्नुभयो। कक्षा १२ को पढाई सक्नासाथ अहिलेसम्म सबै विद्याथीहरु बिदेश जाने लर्को चलेको र यसलाई रोक्नुपर्ने आवस्यक रहेको भन्दै पौडेलले प्राविधिक र व्यबसायिक शिक्षासंगै अन्तरराष्ट्रिय स्तरमा आफुले पढेको ज्ञान सीप बिक्ने खालको शिक्षा लिनु र दिनुको कुनै बिकल्प नरहेको बताउनु भयो।

photo 2025 07 01 13 58 18

कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ पौड्यालले ‌विद्यार्थीहरुलाई सम्मान गर्दै हामी १० बर्षसम्म विद्यार्थीहरुसंग एउटै छानामा बसेर उनीहरुको उज्जवल भविष्यका लागि गरिएका अनेक प्रयत्नहरुले सफलता प्राप्त गरेको र विद्यार्थी भाइबैनीहरुको आनीवानीसंग संगसंगै सात्क्षात्कार गर्दा कुन विद्यार्थीको के कति क्षमता छ भन्ने कुरालाई पनि हेक्का राखेर शिक्षण गर्दै आइरहेको बताउनु भयो।

विद्यालय ब्यवबस्थापन समितिका अध्यक्ष सागर प्रसाद न्यौपानेले एसइई उत्तिर्ण हुने विद्यार्थीहरुलाई सम्मान गर्दै विद्यालयको नक्षेत्रको रुपमा रहेको विद्यार्थीहरुलाई यही शनिवार नगर परिक्रमा गराइने जानकारी प्रतिवद्धता जनाउनु भयो।

photo 2025 07 01 13 58 10

शिक्षक अभिभावक संघका सदस्य गोकर्ण कुँवर, बिद्यालय व्यवस्थापन समितिका सदस्य भावना सुबेदी, बुद्दि बहादुर परियार, मान कुमारी साठीघरे, निर्माण समिति सदस्य प्रेम पुन, शिक्षक, बिधार्थी, अभिभावक, कर्मचारी, विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक शान्ता शर्मा, अभिभावकहरुको तर्फबाट हिरा के सी, ४ जिपिए ल्याउने विद्यार्थी सुदिक्षा सुबेदी लगायतले बोलेका थिए।

सो कार्यक्रममा शिक्षक हरि पोखरेलले संचालन गर्नु भएको थियो।

कमेन्टहरु