देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, प्रबास, बजार/ब्यबसाय, बिश्व
नेपाल आदिवासी जनजाती महासंघ यूएईले १० औँ महाधिवेसनको लागि मिति सार्बजनिक

नेपाल आदिवासी जनजाती महासंघ यूएईले १० औँ महाधिवेसनको लागि मिति सार्बजनिक गरेकोछ ।

नेफिन यूएईले उक्त कार्यक्रमका लागि २९ जून अर्थात १५ आषाढ धान दिवसको शुभ दिनमा बैठक बसी महाधिवेसन समिति पनि गठन गरेएको छ । संयोजक समिति अन्तर्गत संयोजक श्री प्रमोद श्रेष्ठ, उपसंयोजक श्री टंक थापा, सदस्य -श्री बुद्धिमेवाहाङ राई त्यसै गरी विधान संशोधन मस्यौदा समितीमा संयोजक श्री सनिल घिसिङ, सदस्यहरू श्री बिक्रम लिम्बू, श्री डि.के किराँती र आवद्ध सबै जातीय सस्थाका अध्यक्ष ज्युहरु रहनु भएको छ।

उक्त बैठक वर दुवई को Axis Graphics हलमा संम्पन्न भएको थियो । भनें त्यहाँ नेफ़िन यूएईका अध्यक्ष बिक्रम लिम्बू ज्यू, थारू कल्याणारिणी सभा यूएईका अध्यक्ष भागीरथी कुमार भगत ज्यू, किराँत राई यायोक्खा यूएइ शाखाका अध्यक्ष राज सँगम राई लगायत अन्य जातिय संस्था प्रमुख तथा प्रतिनिधिहरु समेतको उपस्थिती रहेको थियो।

त्यस बैठक बाट महाधवेशनको मिती यहीं आउँदो जुलाई महीनाको २० तारिकका दिन हुने कुराको जानकारी नेफिन अध्यक्ष बिक्रम लिम्बू ज्यूले दिनुभयो।
-
नेफिन यूएई सँग जोड्न मुनी दिइएको फेसबूक आइकन थिच्नुहोस्।
























