मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
लक्षित वर्गका लागि सिप विकास तालिम


बाजुरा , असार १६ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा होजिवारि तालिम समापन गरिएको छ । “सीप सिकौं रोजगार बनौं” भन्ने अभियानमा हिमाली गाउँपालिका आयोजना र आई.एन.एफ. नेपाल शाखा बाजुराको सहजीकरण र एप्पल टेक्निकल ईन्स्टिच्यु प्रा.लि. बिरेन्द्रनगर सुर्खेत प्राविधिक सहयोगमा होजिवारि तालिम गरिएको हो ।
घरेलु तथा साना उद्योग प्रबर्द्धन केन्द्र अन्तर्गत हिमाली गाउँपालिका बाजुराको सहकार्यमा लक्षित वर्ग तथा अन्य वर्गका लागि सिप विकास तथा प्राविधिक सहयोगमा होजिवारि तालिम समापन कार्यक्रम गरिएको छ ।
कार्यक्रम जेठ ३० गतेबाट आयोजना गरिएको हो। जेठ ३० गतेदेखि असार १५ गतेसम्म सञ्चालन गरिएको थियो। उक्त तालिममा लक्षित वर्गका साथै अन्य समुदायका महिला सहभागीहरूले होजिवारी सम्बन्धी सीप हासिल गरेका छन्।
समापन कार्यक्रममा हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्ल, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी , प्रबक्ता भिमानन्द पाण्डे , एप्पल टेक्निकल ईन्स्टिच्यु प्रा.लि.का पारश शाहीको उपस्थित रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सीपमूलक तालिममार्फत ग्रामीण क्षेत्रका युवाहरूलाई आत्मनिर्भर बनाउने प्रयास उल्लेखनीय भएको बताए । उनले गाउँपालिकाले यस्ता तालिमलाई आगामी दिनमा पनि प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए ।
स्थानीय महिलाहरूले यस्ता तालिमबाट नयाँ सीप सिक्न पाएकोमा खुसी व्यक्त गरेका छन् । तालिमपछि सहभागीहरूले प्राप्त सीपलाई प्रयोग गर्दै स्वरोजगारमा लाग्ने अपेक्षा गरिएको छ। गाउँमा रोजगार गर्नका लागि होजिवारि तालिम दिएको हो । गाउँमै बसेर आफ्नो सीप सिकेर रोजगारी बनाउन विदेश नधाउने अवस्था सिर्जना गर्नका निम्ति यो कार्यक्रम गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी बताउनुभयो ।























