घटना, देश, पर्यटन, प्रबास, बजार/ब्यबसाय, बिश्व, रोजगार, विश्व
Mr. Grung सच्चा श्रमिकहरुको साथी दुःखी, पीडित, श्रमीकको घाउमा आज फेरि मलम पट्टी लगाउँदै।

प्रवास यूएई/ mr. Grung अहिले सामाजिक सञ्जालमा भाइरल बनेको एक समाजसेवी व्यक्ति mr. Grung जो पछिको समय दुवई बाट नेपाल जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सयौँ मानिसहरूले उनलाई स्वागत् गरेका थिए। त्यो कूनै देखावटी होईन, उनी कुनै पार्टीको नेता वा कार्यकर्ता पनि होइनन् । उनी एक ठूलो मनको धनी सच्चा श्रमिकहरुको साथी हुन खास गरी दुबईएमा दुःखी, पीडित, बन्दक र आपत बिपतमा परेको श्रमिकहरूको सच्चा उद्दार कर्ता शुभ चिन्तक हुन । उनले कयौ दुःखी, पीडित लाई दुवई बाट उद्दार गरी सकुसल नेपाल सम्म पुर्याउनु भएको छ। भखर २७ जुन २०२५ शुक्रबार पुन एक जना पीडितको उद्दार गरी नेपाल सम्म पुर्याउन उचित प्रबन्ध मिलाएका छन । उनी सँग उनको साथमा टिम छ जून Mr. Grung And Rescue Team को नामले प्रख्यात छन् ।

पीडित बिनम कँडेल नेपाल लमजुङ जिल्ला घर भई करिब ३ महिना देखि उनी यूएईको एक सप्लाई कम्पनीमा आएर फसेका थिए। नेपालको मेनपावरले ४ लाख ५० हजार लिई एकदमै राम्राे काम, जसमा महिनाको २०००/- दिराम तलब ८ घण्टा ड्युटी गर्नु पर्छ भनेर उनलाइ पठाइएको तर दुबईमा आउँदा तलब ७००-८०० हुने काम पनि एक्दमै गाह्रो १५ घण्टा सम्म काम लगाउने, बिरामी हुँदा समेत कम्पनीले बिदा नदिने कुनै वास्ता पनि नगरेको भनेर पीडितको भनाई रहेको छ।

यो सुचना Mr. Gurung And Rescue Team ले पाउन साथ निम्न ब्यक्तिहरुको टोलीले Mr. Gurung sir, Amrit Stha, sudesh panday, Bikash chaulagain, Bikram Stha उनलाई उद्दार गरी नेपाल सम्म सुरक्षीत यात्राको प्रबंध मिलाएका छन।























