शालिग्राम स्वास्थ चौकीद्वारा पोषण सामग्री वितरण


तिलक पराजुली
पर्वत (बिहादी)। यस शालिग्राम स्वास्थ्य चौकीद्वारा आ.व. २०८१/०८२ मा अधिकतम पटक वृद्धि अनुगमन गराएका बालबालिकाहरूलाई प्रोत्साहन स्वरूप अण्डा, चना, मिक्स दाल, केरा आदि पोषण सामग्री वितरण कार्य सम्पन्न भएको छ ।
जसमा सुत्केरी सँग उपाध्यक्ष कार्यक्रमलाई मध्यनजर गर्दै यस कार्यक्रममा विहादी गाउँपालिकाका उपाध्यक्ष श्रद्धय श्री मिना शर्मा तिवारी ज्यू साथै वडा न.६ का वडा अध्यक्ष आदरणीय श्री मन बहादुर बस्याल ज्यूले स्वास्थ जस्तो जटिल कुराका खेलवाड नगरी बालबालिकालाई पोषण युक्त खानेकुराहरु खुवाउने मासिक रुपमा वृद्धि अनुगमन गराउन आग्रह गर्दै यस्ता कुराहरुमा गाँउपालिका र वडा सधै साथमा रहने प्रतिबद्धता पनि व्यक्त गर्नु भएको छ ।
उक्त कार्यक्रमको समापन सगै शालिग्राम स्वास्थ चौकी विहादी ६ र २ वर्ष मुनिका बालबालिकाहरूलाई हरेक महिना वृद्धि अनुगमन गराउनका लागि आमाहरु सँग हार्दिक अपिल गर्नुभएको छ।























