कतारमा प्रधानमन्त्री ओलीलाई गरे स्वागत


रामएकवाल राम
दोहा – प्रधानमन्त्री केपी शर्मा ओली सहितका २१ सदस्यीय प्रतिनिधिमण्डल टोलि कतार आईपुगेको छ।
स्पेनको सेभियामा अगामी असार १६ देखि १९ गतेसम्म आयोजना हुने संयुुक्त राष्ट्रसङ्घीय विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन भाग लिन जाने क्रममा प्रधानमन्त्री ओली सहित २१ सदस्यीय प्रतिनिधिमण्डलको टोलि शनिबार राति कतार आईपुगेको हो।
प्रधानमन्त्री ओली स्पेन जाने क्रममा ४ घण्टाको ट्रान्जिट रहेकोले दोहाको हमद अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा कतार स्थित नेपाली राजदुतावासका महामहिम राजदूत रमेश चन्द्र पौडेल ,मिनिस्टर काउन्सेलर तथा नियोग उपप्रमुख कुमार राई उच्चाधिकारी र कतार सरकारको परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए।
इन्टरनेशनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेशन्स् (एफएफडी–४) का लागि राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरस र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा उहाँहरु त्यसतर्फ प्रस्थान गरेका हुन।
सम्मेलनमा सरकार प्रमुख, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज तथा राष्ट्रसङ्घीय निकायका प्रतिनिधि सहभागी हुनेछन।
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा नेपालले अल्पविकसित, साना र टापु मुलुकका विकासका चुनौतीबारे आफ्ना धारणा राख्नेछ । दिगो विकासका लागि तत्काल र दीर्घकालीन लगानीका चुनौतीमा घटाउने सम्बन्धमा सम्मेलन केन्द्रित हुनेछ । स्पेनमा रहँदा प्रधानमन्त्री ओलीले विभिन्न मुलुकका आफ्ना समकक्षी तथा राष्ट्रप्रमुखसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको बताएको छ।























