समाचार

नेपाल-भारत सीमा भन्टाबारीमा लागूऔषध नियन्त्रण गर्न तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परीचालन

देवराजा यादव
२०८२ असार १५ | बिहान ०६:०३ बजे

सुनसरी । प्रहरीले ‘डग स्नाईपिड. सहितको संयुक्त प्रहरी टोली परीचालन गरेको छ । सुनसरी जिल्लाको कोशी गाऊँपालिका- ८ भन्टाबारी तीन कोनेस्थित रहेको नेपाल भारतको सीमा क्षेत्रमा सुनसरी प्रहरीले सीमा क्षेत्रमा विषेश तालिम प्राप्त कुकुर ‘डग स्नाईपिड. सहितको टोली परिचालन गरेको हो । सीमा क्षेत्रबाट लागुऔषध ओसारपसार हुने गरेकाले त्यसलाई रोक्न प्रहरीले तालिम प्राप्त कुकुरसहितको टोली परिचालन गरेको छ ।

सो कार्यको सुरुवात नेपाल-भारत सीमा क्षेत्रको भन्टाबारी नाकाबाट गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले सीमा क्षेत्रबाट अत्याधिक मात्रामा अबैध लागूऔषध भित्रिन थालेपछि त्यसलाई नियन्त्रण गर्न लागूऔषधमा विषेश तालिम प्राप्त कुकुर शनिबार दिउसोदेखि परिचालन गरेको जानकारी दिए ।

photo 2025 06 29 05 49 32

तिम्सिनाले भने, ‘ब्राउन सुगर, कोरेक्स, नाइट्रोजोपाम जस्ता प्रतिबन्धित लागुऔषध सीमापारी निर्वाध रुपले कारोबार हुने तथा सीमा क्षेत्रबाट ओसारपसारको अवस्थालाई नियन्त्रण गर्नको लागि ‘डग स्नाईपिड.”परिचालन गरेका छौ।उन भने कोशी प्रदेसको बिभिन् जिल्लामा चेकिंग गर्ने बताए। प्रहरी निरीक्षक पर्शुराम राईको कमाण्डमा रहेको ‘डग स्क्वाड’ले र १८ जनाको नेपाल प्रहरीको टोली रहेको बताउनु भयो । प्रहरी राईले भने लागूऔषधको ओसारपसार हुने स्थानमा निगरानी तथा जाँच गर्ने छ ।

शनिबार दिउसो जिल्ला प्रहरी कार्यलय सुनसरीको सक्रियातामा नाकामै भारतबाट आउने तथा भारत जाने यात्रुको ‘डग स्स्नाईपिड.”ले जाँच सुरु गरेको इलाका प्रहरी कार्यालय भन्टाबारीका प्रहरी बरिष्ठ नायब निरीक्षक प्रसाद पुण्य अधिकारीले जानकारी दिए ।

कमेन्टहरु