नेपाल मगर संघ कतारको १६ औ अधिवेशन सप्पन्न अध्यक्षमा समिर थापा मगर


रामएकवाल राम
दोहा , कतार:-आर्थिक समृद्धि र राजनैतिक सशक्तीकरण सचेत मगर समुदाय निर्माण हाम्रो अभियान, मगराज सभ्यता दस्तावेजीकरण र मगराज दर्शन निर्माण भन्ने नाराका साथ नेपाल मगर संघ, शाखा कतारको १६औं अधिबेशन तथा २५ औ वार्षिक उत्सवव सप्पन्न भएको छ।
सम्पूर्ण मगरहरुको एकता अहिलेको आवस्यकता भन्ने मुल नाराका साथ सन २००० मा स्थापना भएको शाखा कतारको शुक्रबार सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा सम्पन्न १६ औ अधिवेशन मार्फत समिर थापा मगरको नेतृत्वमा निर्विरोध नयाँ कार्यसमिति चयन भएको हो।
कार्यसमितिका पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष देवी कुमारी मगर ,द्वितीय उपाध्यक्ष रबिना मगर,महासचिव पाण्डप थापा मगर ,उपमहासचिव दीपक एक्चाई मगर ,सचिव मन प्रसाद राना मगर ,संगठन सचिव दुर्गा दर्लामी मगर ,कोषाध्यक्ष ओम थापा मगर ,सह कोषाध्यक्ष तुषार पुन मगर ,महिला संयोजक सीता राना मगर ,साँस्कृतिक संयोजक दान आले मगर ,भाषा तथा लिपि संयोजक दिल रोका मगर चयन भएका छन।
त्यस्तै सदस्यहरुमा चेत बलम्पाकी मगर,दिल मायाँ राना मगर,नारायण खपाङ्गी मगर ,सन्दिप दर्लामी मगर ,हुम बहादुर थापा मगर ,मान बहादुर घर्ती मगर ,राज आले मगर,सन्तोष,राना मगर,बिनिता थापा मगर रहेका छन।
संस्थाका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाली राजदुतावास कतारका प्रथम सचिव कृष्ण कुमार क्षेत्री( किर्शु क्षेत्री)को प्रमख आतिथ्यतामा १६ औ अधिवेशन सप्पन्न भएको हो।
विधिवत रुपमा सुरुवात भएको कार्यक्रममा समाजकी प्रथम उपाध्यक्ष देवि मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा एनआरएनए कतार तथा दोहामा स्थापित विभिन्न वैचारिक, समाजिक, व्यवसायिक, सामुदायिक , संघ संस्थाका प्रमुख तथा प्रतिनिधि सहित समाजका अग्रज तथा बुद्धिजीवीहरुको उपस्थिति रहेको संघ कतारका महासचिव तथा कार्यक्रम संचालक समिर थापा मगरले जानकारी दिनुभयो।























