केसीलाई उपरथीको दर्ज्यानी चिन्ह्, पूर्वी पृतनापतिमा नियुक्त

नवलपुर टुडे
२०८२ असार १३ | मध्यान्ह ०४:०३ बजे

काठमाडौं । नेपाली सेनाको उपरथीमा बढुवा भएका गौरवकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आज (शुक्रबार) प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा केसीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
पदोन्नतीसँगै उपरथी केसी पूर्वी पृतनाको पृतनापतिमा नियुक्त भएका छन् । यसअघि नै सैनिक प्रवक्ताबाट सरुवा भएका केसी निमित्त पृतनापति थिए । गत सोमबारको मन्त्रिपरिषद् बैठकले केसीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो ।


















