धर्म–संस्कृति/रीतिथिति, समाचार

विराट शिला शालिग्राम बर्सेनी बाढीको चपेटामा

नवलपुर टुडे
२०८२ असार १२ | मध्यान्ह ०९:०३ बजे

तिलक पराजुली
पर्बत । पर्वत, स्याङ्जा र गुल्मीको संगम स्थलमा रहेको विराट शिला शालिग्राम बर्सेनी बाढीको चपेटामा पर्दै आएको छ । तीन जिल्लाको संगम सेतिवेणीमा रहेको शालिग्राम शिला विष्णु भगवानको प्रतिक मानेर पुजा गरिने गर्दछ । यहाँ देश भित्रका मात्र नभएर छिमेकी राष्ट्र भारतवाट पनि दर्शन गर्नको लागि भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ। पछिल्लो दुई दशक भित्रवाट असार साउन र भदौको १५ सम्म शालिग्राम शिला बाढीको चपेटामा परिरहेकै छ ।

बाढीले शिला शालिग्राम मात्र नभएर सेतिवेणीको स्याङ्जा खण्डमा पर्ने बजार नै प्रभावित हुने गरेको छ। जवजव असार लाग्छ बजारबासी रातमा पनि जागाराम वस्न वाध्य भएको बजारबासीको जनगुनासो रहेको छ । उक्त स्थानमा बाढी प्रभावित हुने मुख्य कारण कालिगण्डकी जलविद्युत केन्द्र मिर्मि रहेको छ । स्क जल विद्युत सन्चालन गर्नको लागि सेतिवेणीदेखि करिव ३ किलोमिटर अगाडि मिर्मि आँधिमूहानमा ड्याम बाँधिएको छ । उक्त ड्यामले गर्दा बर्सेनी बालुवा गिटि थुप्रिदै गएको कारण नदीको वहाव कम नै भएपनि पानीको सतह माथि आउने हुनाले सालिग्राम परिसर र सेतिवेणी बजार प्रभावित भएको देखिन्छ ।

उक्त स्थान संरक्षण गर्न माथि केन्द्र स्तरमा कुनै पहल नभएको उक्त शालिग्राम शिला पुजारी पण्डित भगवान हरि पराजुलीले बताउनु भयो । केन्द्रीय स्तरका नेताहरु दर्शनको लागि आएपनि काम गर्ने आश्वासन मात्र दिने गरेको बताउदै यो क्षेत्र सधै ओझेलमा परेको जानकारी पण्डित पराजुलीले दिनुभएको छ ।

कमेन्टहरु