अर्थ, कृषि, देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रबास, बिश्व, विश्व, समाचार

नवलपुर सेवा समाज युएईले १० औँ स्थापना दिवसको अवसरमा वृहत साँस्कृतिक कार्यक्रम तथा असर १५ दुवईमा मनाउँने

कबिराज राजबंशी
२०८२ असार १० | बिहान १२:०३ बजे

प्रवास यूएई/ भनिन्छ, “जन्मभूमिप्रतिको माया आमाको कॉख जत्तिकै प्यारों हुन्छ” । जसको अनुभूत बढि मात्रामा प्रवासमा जिवन बिताई रहेकाहरूले गरिरहेका हुन्छन । मातृभूमि भन्दा धेरै टाढा रहेकाहरू आज युएईका प्रवासहरु आफ्नो देशप्रतिको माया, र ममतालाई सम्झिँदै, हाम्रो कला, सस्कृति, भेषभुषा र परम्परागत रितीरिवाजहरूलाई सम्झिरहेका छन् । प्रवासमा पनि सम्पुर्ण नेपाली एकिकृत हुन ज़रूरी छ । एकता र आत्मीय सद्भावका लागि यूएईमा नेपाली दाजुभाई तथा दिदीबहिनीहरु एकअर्कासँग समन्वय गरी जोडीहरेको देखिन्छ ।

IMG 20250623 WA0235

“ नवलपुर जिल्ला (सुस्ता पुर्व) देखि युएई आई बिभिन्न पेशा, ब्यवसाय र रोजगारी गरेर बसेका तमाम नेपालीबासीहरूको साझा संस्थाको रूपमा स्थापित हुदै विशुद्ध रूपमा समाजसेवामा लागिरहेको नवलपुर सेवा समाज युएईले दशौँ स्थापना दिवस तथा वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। सो कार्यक्रममा नेपालका विभिन्न भाषाभाषीहरू, कल्चरहरू र पूर्वीय दर्शन पूर्वीय बाङ्मय भित्रका तत्वहरुलाई समेटिएर नवलपुर सेवा समाज युएइले दशौँ स्थापना दिवस कार्यक्रम मनाउने तयारी गरिरहेको छ।

“विकसिलता सृजनशीलता नवलपुरको आवश्यकता सभ्य समृद्ध समाज निर्माणमा हाम्रो एक्यबद्धता” भन्ने मूल नाराका साथ स्थापित नवलपुर सेवा समाज युएइको दशौँ वर्षको परिवेशसँगै नवलपुर सेवा समाज युएईले असारको १५ दही चिउरा खाने दिन पारेर सन् २९ जुन २०२५ को दिन युएईको प्रसिद सहर दुवईमा अवस्थित याक एण्ड यति एभरेस्ट क्लब दिउँसो १:०० वजे देखि बृहत सांस्कृतिक कार्यक्रम हुने निधो भरको छ। युएईको हरेक कुनामा रहनुभएका तमाम नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई एकै स्थानमा समावेशिताको साथ कार्यक्रमलाई दिव्यरूपमा विविध सांस्कृतिक कार्यक्रम पूर्वीय दर्शन पूर्वीय वाङ्मय भित्रका विभिन्न सूत्रहरूलाई प्रयोगमा लिएर कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्ने रहेको छ ।

IMG 20250617 WA0255

यस्ता रोपाईंहरुको मध्यमा पर्ने आषाढे पन्ध्र एउटा व्स्तताबिच थकाई मारिने चाड हो । दहि च्यूरा, आँप लगायतका परिकारहरुले यस दिनलाई अझ बिशेष बनाउने भएकालेनै होला आषाढे पन्ध्रलाई दहिच्यूरा खाने दिन पनि भनिन्छ । घरमा दुहुनो गाई या भैंसीको दुध आँफैले जोरन हाली जमाएर बनाएको दहि अनि ढिकी या ओखलमा कुटेको धानको चिउरा लाई सरोवरी बोता या दुनाटपरीमा राखी दहिको तरल पदार्थ टपरीवाट नझरोस भन्दै सन्तुलन मिलाएर खाएको दहि चिउराले संसार बिर्साउदछ । आषाढेको झरिले धानको रोपाईं राम्रो होस, त्यो झरिको पानीले हाम्रो दुःख कष्ट पनि बगाओस अनि धानको बिउँ सँगै एक अर्काम बिच माया-प्रेम र सदभावको पनि बिजारोपण गर्न सकौं, माया बढिरहोस । घरका छानाहरु पानीका थोपाले बजिरहँदा आशाको सन्देश अनि मायाको प्रवाह होस्, चुहिने छानाहरु टालिदै जाउन् अनि तुहीने सपनाहरु जागृत हुदै जाउन्, जति वर्णन गरे पनि शब्द कम पर्छ यस असारे १५ को पछि धानबाली गोड्ने, पानी लगाउने अनि उब्जा गर्ने साहस हामीसबै नेपालीहरुमा हुन जरुरी छ । जसरी असारे १५ मा स्वदेश बिदेश जता भएका नेपालीजनले पनि दहि च्यूरा खाने गर्दछन । त्यस्तै दहि च्यूरासंगै कृषीकर्ममा आत्मनिर्भरता र माटो खोस्रने साहस आजको दिनले मागेको छ । अब जीवन धान्ने कृषी हैन व्यवसाहीक कृषी गर्ने दिन आएको छ, चामल आयात हैन निर्यातमा ध्यानाकर्षण गर्नु पर्ने देखिन्छ। उच्चकोटीको देश भनेर नेपाल विश्वमा चिनाउँने समय आएको छ । इतिहास पल्टाएर हेर्दा १९७० को दशक अघि नेपाल विश्वका थोरै मात्र चामलका निर्यातकर्ता देशहरुमा गनिने पाइन्छ, भने गएका केही दशकमा हामी सर्वाधिक आयातकर्ता भएका छौं । हामी आयात धेरै र निर्यात कम भएकले व्यापार घाटा सहन गरिरहेका छौं र बेलैमा कृषीकर्ममा ध्यान नदिने हो । भने यसको परिणाम भविष्यका पुस्ताले भोग्नेछन् । दुई छाक खान र केही मानो बाँढ्न सबै नेपालीलाई पुगोस् ।

लगायत नवलपुर सेवा समाज युएईले लामो समयदेखि सांस्कृतिक माहोलहरूमा अत्यन्तै गहिरो चिन्तन गर्दै हिमालपारीको देश प्रवासमा रहेता पनि आफ्नो देशप्रति घन्किने लोक संगीतलाई माया गर्ने लोकसंगीतका पारखी लोकगायकहरुलाई समावेश गर्दै र नेपाली नृत्यहरुमा नाच्ने चेलीहरुको नृत्यहरुलाई समेटेर यो सांस्कृतिक कार्यक्रमको योजना समेत गरेको छ । जसमा हिमालपारीको देश प्रवासमा रहेका नेपाली बालबालिकाहरूको बाक्लो नृत्यहरू समावेश गरिएको छ। जसबाट नेपाली मौलिकता हाम्रा प्रवासी भूमिमा रहेका बालबालिकाहरूले पनि स्मरण गर्न सक्ने एउटा माहोल सिर्जना होस् र आजका बच्चाहरु भोलिका कर्णधार भएका कारणले गर्दा पनि बच्चाहरुलाई नेपालीपन नेपाली कल्चरहरु सिकाउनुपर्छ । नेपाली कल्चरमा अलिकति टेवा दिनुपर्छ भन्ने लक्ष्यले बालबालिकालाई विशेष ध्यान दिँदै यो कार्यक्रम बालबालिकाको नृत्य धेरै राखेको पनि यहाँहरुलाई जानकारी गराउँदछ ।

Screenshot 20250623 221456 com facebook katana ImmersiveActivity

सोही कार्यक्रममा वेदले अङ्कित गरेको आफ्नो सनातन पद्धतिलाई स्मरण गर्दै सप्त ब्राह्मणहरूद्वारा स्वस्तिवाचन गर्दै कार्यक्रमलाई १०८ प्रज्वलन सहित नेपालका विभिन्न धार्मिक स्थलहरूको स्मरण गर्दै कार्यक्रममा सप्त ब्राह्मणहरूद्वारा स्वस्तिवाचनले दशौं स्थापना दिवस कार्यक्रमलाई औपचारिक रुपमा सुरुवात गर्नेछ l सोही कार्यक्रममा आमन्त्रित पाहुना तथा दर्शकहरूलाई अझै मनोरम बनाउनको लागि भजन किर्तन मार्फत पनि सो कार्यक्रमलाई अझ तीव्र रुपमा तयार गरिएको जानकारी गराउन चाहन्छौं। नवलपुर सेवा समाजलाई अझै धेरै सामाजिक क्षेत्रहरूमा प्रेरित गर्दै विभिन्न समाजका सामाजिक समाजपेशी कुराहरुलाई झल्काउँदै दर्शनहरू सबैलाई अवलोकन गराउँदै कार्यक्रमलाई अझ तीव्र रुपमा अगाडि लाने तिर नवलपुर सेवा समाज यूएई को चौथो कार्यसमितिका अध्यक्ष श्री गोपाल प्रसाद पराजुली लगायत सोही संस्थाका वर्तमान महासचिव श्री रामप्रसाद ढकाल ज्यू लगायतको टिमले यो कार्यक्रमलाई अझै दिव्य रुपमा अगाडि बढाउन लागिरहेको कुरा नवलपुर सेवा समाज युएइको चौथो कार्यसमितिका प्रथम उपाध्यक्ष तथा यो कार्यक्रमका कार्यक्रम संयोजक श्री विष्णुप्रसाद अधिकारीजीले जानकारी दिनुभएको छ ।

माटोको जय होस् धान दिवसको शुभकामना ।

थप जानकारीको लागि नवलपुर सेवा समाज युएईलेको फेसबुक पेज मुनि दिइएको आइकनमा थिच्नुहोस्।

1024px Facebook f logo 2021.svg 2

 

 

कमेन्टहरु