अपराध

शिकार खेल्न सुनसरीको बराहक्षेत्र चारकोशे जंगल छिरेकाहरु कार र राइफल छाडेर फरार

नवलपुर टुडे
२०८२ असार ९ | मध्यान्ह ०१:०३ बजे

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा जंगलबाट प्रहरीले एउटा कार र एक थान अत्याधुनिक राइफल बरामद गरेको छ।

आइतबार मध्यराति जंगली जनावर शिकार गर्न जंगल पसेको समूह प्रहरीलाई देख्ने बित्तिकै फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए। उनका अनुसार सिकारको उद्देश्यले रातको समयमा जंगल पसेका पाँच जना फरार छन्।

प्रहरीले घटनास्थलबाट बा ६ च ८४०३ नम्बरको कार र बेलायतमा निर्मित अत्याधुनिक राइफल बरामद गरेको हो। गस्ती टोलीलाई देख्ने बित्तिकै कार चालकसहित सबै जना भागेका थिए। डीएसपी खतिवडाका अनुसार कारको नम्बरका आधारमा फरारहरुको पहिचान भइसकेको छ। उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ।

बरामद गरिएको कार र हतियार इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक दिवस कुँवरले जानकारी दिए।

कमेन्टहरु