यातायात

बुटवल नारायणगढको वैकल्पिक सडक दुम्किबास–सर्दी–होङ्सी सडक खण्ड पनि अवरुद्ध

नवलपुर टुडे
२०८२ असार ९ | बिहान ०९:०३ बजे

नवलपुर । पूर्वपश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डको वैकल्पिक मार्ग पनि बाढीका कारण अवरुद्ध भएको छ । सोमबार विहान वर्षाले विनयी त्रिवेणी गाउँपालिका- ३ स्थित खरङ्गे खोलामा पानीको बहाव बढ्न गाई कुनै पनि प्रकारको सवारी साधन आवत जावन गर्न नसक्ने अवस्थामा रहेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका-३ खरङ्गे खोलामा वर्षाका कारण बाढी आएपछि सवारीसाधन आवतजावत ठप्प बनेको हो । पूर्व-पश्‍चिम राजमार्गस्थित विनयी खोलामा सञ्चालन रहेको डाइभर्सन पनि पानीको बहाव बढ्न गई बगाएपछि साना तथा मध्यम (१२ चक्के) सवारीसाधन वैकल्पिक मार्गबाट चलिरहेका थिए । भित्री सडक होङ्सी गेट, सर्दी हुँदै ज्यामिरेबाट सञ्चालन हुँदै आएकामा वैकल्पिक सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधु नेपालले बताए ।

सडक विभागले दुम्कीबास-बर्दघाट खण्डमा अहिले मालवाहक सवारी आवागमन रोकेको छ भने रातको समयमा सबै प्रकारको सवारी निषेध गरेको छ । सामान्य वर्षामा पनि दाउन्नेमा सडक चिप्लो हुने र विनयी खोलाको डाइभर्सन बगाएपछि यो सडक खण्डमा यातायात अवरुद्ध हुँदै आएको छ ।

कमेन्टहरु