मुख्य समाचार, रोजगार, समाचार, सुदुरपश्चिम प्रदेश

सिस्नु पाउडर उत्पादन तथा प्रशोधन हिमालीमा

उमेश रोकाया
२०८२ असार ८ | मध्यान्ह १०:०३ बजे

बाजुरा , असार ८ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ पाँडी गाउँमा सिस्नु पाउडर उत्पादन तथा प्रशोधन केन्द्र सञ्चालन गरिएको छ । “सीप सिकौं रोजगार बनौं” भन्ने अभियानमा हिमाली गाउँपालिका आयोजना, आई.एन.एफ. नेपाल शाखा बाजुराको सहजीकरण र एप्पल टेक्निकल ईन्स्टिच्यु प्रा.लि. बिरेन्द्रनगर सुर्खेत प्राविधिक सहयोगमा सिस्नु पाउडर उत्पादन तथा प्रशोधन तालिम समापन संगै उद्योग सञ्चालन गरिएको हो ।

हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले धूप जलाएर सिस्नु उत्पादन तथा प्रशोधन उद्योग उद्घाटन गर्नुभएको छ । घरेलु तथा साना उद्योग प्रबर्द्धन केन्द्र अन्तर्गत हिमाली गाउँपालिका बाजुराको सहकार्यमा लक्षित वर्ग तथा अन्य वर्गका लागि सिप विकास तथा प्राविधिक सहयोगमा सिस्नु पाउडर उत्पादन तथा प्रशोधनको सात दिने तालिम सहित उद्योग सञ्चालन गरिएको हिमाली गाउँपालिका प्रबक्ता भिमानन्द पाण्डेले बताएका छ्न ।

गाउँमा रहेको सिस्नु उत्पादन गरेर बजार बिक्री गर्ने उद्देश्यले यो सुरु गरिएको हो । गाउँमा उत्पादन गरेको सिस्नु गाउँपालिका लाई बिक्री गर्ने हिसाबले उत्पादन गर्न समेत आग्रह दिएका छन । जति उत्पादन गरेपनि खरिद गर्ने जिम्मा लिएका छौँ । यसलाई पुर्ण उद्योग रूपमा लागी व्यवसाय तरिकाले सञ्चालन गरे भने गाउँको आय आर्जन बढाउन टेवा पुग्ने भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन ।

सिस्नु उत्पादन तथा प्रशोधन निरन्तर चलाउन तालिम सहभागितालाई शुभकामना दिएको छ । थुप्रै तालिम गाउँपालिकाले दिएको तर कम प्रयोग भएको देखिन्छ । हामी व्यवसाय कसरी गर्ने , दिगो रोजगारी कसरी गर्ने सोचमा जानुपर्छ । आफ्नो ठाउँमा भएको बस्तुलाई उत्पादन गरि आयआर्जन गर्नका लागि पालिकाका १५ जनालाई तालिम समेत दिएको छ । यसलाई व्यवसाय रूपमा लागेर निरन्तर दिने हो भने उत्पादन संगै एउटा गाउँको आयस्रोत बढ्ने भएको उपाध्यक्ष राजकला सार्कीले बताउनुभयो ।

यो भन्दा अघिल्लो कार्यकालमा रानिसैनमा पहिलोपटक कार्यपालिका बैठक गर्ने जादै गर्दा गुम्बा देखि बौडी सम्म पुरै सिस्नु मात्र देखियो । यसलाई प्रशोधन कसरी गर्न सकिन्छ , भन्ने सोचमा थिए । यो भन्दा अघिल्लो साल भ्रमण विभिन्न ठाउँमा गयौं , सुर्खेतमा भ्रमण गर्दा सिस्नु उत्पादन देखिएको अनुसार हाम्रो मा पनि तालिम दिएर सिस्नुको सदुपयोग गर्नुपर्छ भन्ने हिसाबले सिस्नु उत्पादन तथा प्रशोधन सुरु गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभयो ।

जुन पहिला खेर गएको सिस्नु अहिले उत्पादन गर्न लागिएका छौँ । अब माग्ने मात्र होइन दिनुपर्छ, भन्ने तरिकाले गाउँमा सिस्नु तालिम संगै साना उद्योग पाँडी गाउँमा सञ्चालन ल्याएका छौँ । पाँडी गाउँ माग्ने भन्दापनी दिने भएको छ । पालिका भित्रका स्थानीयलाई आत्मनिर्भर बनाउनका लागि सिस्नु उत्पादन तालिम संगै उद्योग सुरु गरिएको छ ।

पालिकामा शिक्षा, स्वास्थ्य, संचार, सडक, खानेपानी र विद्युत जस्ता भौतिक पुर्वाधार बिकास निर्माणकार्य गरिएको छ । गर्ने प्रक्रिया निरन्तर हुने कुरा चलिरहेकै छ । आफ्नो दोस्रो कार्यकालमा गर्ने भनेको साना उद्योग सञ्चालन गर्ने, गाउँका युवकलाई उधमी बनाउने खेर गएको चिजलाई सदुपयोग गर्ने अभियानमा लागेका छौँ । गाउँमा सिस्नु उत्पादन गर्ने त्यसको बजारीकरण पालिका जिम्मा लिइने भएको अध्यक्ष मल्लले बताएका छन ।

उक्त कार्यक्रमको सभा अध्यक्ष हिमाली गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष प्रेमलाल भण्डारी, प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल बिशिस्ट अतिथि उपाध्यक्ष राजकला सार्की र निमित्त प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारी अतिथि रोजगार शाखा प्रमुख तथा कार्यक्रम फोकल प्रसन बिर्खराज पाण्डे, उधम बिकास सहजकर्ता कमला बुढा र तालिम सहभागिताहरुको उपस्तिथिमा सिस्नु पाउडर उत्पादन तथा प्रशोधन उद्योग उद्घाटन गरिएको एप्पल टेक्निकल ईन्स्टिच्यु प्रा.लि. बिरेन्द्रनगर सुर्खेतका प्रमुख पारश शाहीले बताउनुभयो ।

कमेन्टहरु