इरानको आणविक ऊर्जा सङ्गठनले गर्यो अमेरिकी आक्रमणको निन्दा

एजेन्सी
२०८२ असार ८ | बिहान ०९:०३ बजे

तेहरान । इरानको आणविक ऊर्जा सङ्गठन (एईओआई)ले इरानका तीन आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा गरेको छ । यस क्रममा एईओआईले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को पनि आलोचना गरेको छ ।
आईएईए यो पूरै मामिलामा पूर्णतया उदासीन रहेको र यसमा उनको मिलिमगत रहेको उसले भनेको छ । यसबाहेक, एईओआईले अन्तर्राष्ट्रिय समुदायलाई यी आक्रमणहरूको निन्दा गर्न र इरानको पक्षलाई समर्थन गर्न अपिल पनि गरेको छ ।
शत्रुहरूको दुर्भावनापूर्ण योजनाको बाबजुद वैज्ञानिक र विज्ञहरूले इरानको आणविक कार्यक्रमलाई अगाडि बढाउन जारी राख्नेमा एईओआईले जोड दिएको छ ।























