देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रदेश, प्रबास, बिश्व, विश्व, शिक्षा
सैनामैना सेवा समाज यूएईको प्रस्तुती तीज धमाका कार्यक्रम २०२५ हुन गइरहेको छ।

कविराज राजवंशी प्रवास यूएई/ नारीहरुको महान् पर्व हरितालीका तीजको उपलक्ष्यमा सन् ३ अगस्त २०२५ को दीन युएईको प्रसिद्ध सहर दुवईको वर दुवई भन्ने ठाँउमा याक एण्ड यति एभरेस्ट क्लबमा दिउँसो १:०० वजे देखि बेलुकी ७:०० वजे सम्म सैनामैना सेवा समाज यूएई ले तीज धमाका २०२५ कार्यक्रमको आयोजन गर्ने निधो गरेको छ।
`बिदेशमा पहिचान, समृद्ध सैनामैना हाम्रो अभियान´ भन्ने नाराका साथ सन् २०१८ सालमा स्थापना भएको सैनामैना सेवा समाज यूएई एक सामाजिक संस्था हो, जस्ले यूएईका रहेका नेपाली श्रमिकहरूलाई दुःख पर्दा साथ सहयोग गर्ने मुलुकमा कुनै भई परी आएको खण्डमा आर्थिक सहयोग प्रदान गर्ने उदेश्य बोकि खोलिएको एक गैर नाफामुलक संस्था हो। यस तीज धमाका कार्यक्रमको प्रमुख उदेश्य ‘’गरिब तथा जेहेन्दार बिधार्थिहरुको शैक्षिक बिकाशका लागि अक्षयकोष’’ स्थापनार्थ गर्ने उदेश्य बोकि कार्यक्रम आयोजना गर्न लागिएको छ।
“विधा मानिसलाई अन्धकारबाट उज्यालो तर्फ लैजाने ज्ञान हो”, जुन ज्ञान बाट कोहीपनि वञ्चित नहोस् भन्ने अति-पवित्र जनकल्याण कार्यमा सम्पुर्ण यूएई बासी नेपाली दाजुभाई, दिदीबहिनीहरूमा सैनामैना सेवा समाज यूएई मुल कार्यसमिती अनिवार्य उपस्थितिको आह्वान गरेकोछ।
यस कार्यक्रमको आकर्षकहरुमा नेपालका राष्ट्रिय कलाकारहरूको उपस्थिति रहनेछ: जस्तै राष्ट्रिय दोहरी गायक खुमन अधिकारी, दोहरी गायिका मञ्जु भट्टराई लगायतक स्थानिय कलाकारहरुको भव्य प्रस्तुति रहेछ। भन्ने कुराको जानकारी सैनामैना सेवा समाज यूएईको संरक्षक तथा यस कार्यक्रमको संयोजन युबराज भट्टराई ज्युले जानकारी दिनु भएको छ ।























