देश, धर्म–संस्कृति/रीतिथिति, पर्यटन, प्रबास, बागमती प्रदेश, बिश्व, विश्व

प्रथा इभेन्ट्सको मुख्य आयोजना तथा Dubai Nepalese Influential Group (DNIG) को सह–आयोजनामा रोपाईं महोत्सव २०८२ हुने भएको छ जसमा सम्पुर्ण आम नेपाली सर्व साधारणलाई हार्दीक निमन्त्रणा। 

कबिराज राजबंशी
२०८२ असार ५ | मध्यान्ह ०५:०३ बजे

प्रथा इभेन्ट्सको मुख्य आयोजना तथा Dubai Nepalese Influential Group (DNIG) को सह–आयोजनामा रोपाईं महोत्सव २०८२ हुने भएको छ जसमा सम्पुर्ण आम नेपाली सर्व साधारणलाई हार्दीक निमन्त्रणा। 

IMG 20250619 WA0016

दुबई नेपाली इन्फ्लुएन्सियल ग्रुप (DNIG) को सह–आयोजनामा रोपाईं महोत्सव, १४ असार २०८२ मा जितपुरफेदी, टारकेश्वरमा आयोजना हुने ।

नेपाली मौलिक कृषि संस्कृति, कला र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यले एक भव्य रोपाईं महोत्सव आयोजना गरिने भएको छ। प्रथा इभेन्ट्सको मुख्य आयोजनामा तथा Dubai Nepalese Influential Group (DNIG) को प्रमुख सह–आयोजनामा हुने यो कार्यक्रम १४ असार २०८२, शनिबार बिहान ९ बजेबाट दिउँसो २ बजे सम्म जितपुरफेदी, टारकेश्वर, काठमाडौं मा सम्पन्न हुनेछ।

कार्यक्रमको मुख्य आकर्षण रोपाईं (धान रोपाइँ) सँगै, परम्परागत पञ्चे बाजा, लाखे नाच, र हिलो खेल समेत समावेश गरिनेछ। सहभागीहरूले नेपाली गाउँको रोपाईं माहोल अनुभव गर्दै परम्परागत संस्कृतिमा रमाउने अवसर पाउनेछन्।

DNIG, जो प्रवासी नेपाली समुदायमा एक प्रभावशाली तथा सक्रिय संस्था हो, यस कार्यक्रमको सह–आयोजकका रूपमा आयोजनामा विशेष योगदान दिइरहेको छ। DNIG का अनुसार, प्रवासमा बसेका नेपालीहरूको भावनालाई जोड्ने, मौलिकता सम्झाउने र आपसी एकता बलियो बनाउने यस्ता कार्यक्रमहरू अत्यन्तै महत्वपूर्ण छन्।

IMG 20250619 WA0017

कार्यक्रममा दुबई तथा नेपालबाट विशिष्ट अतिथिहरूको उपस्थिति रहनेछ भने, स्थानीय तथा अन्तर्राष्ट्रिय सहभागीहरूको उल्लेख्य उपस्थिति अपेक्षा गरिएको छ। सांस्कृतिक धरोहर जगेर्ना गर्ने यस्ता प्रयासले नेपाली जनजीवन र पहिचानलाई संरक्षण गर्न सघाउ पुग्ने आयोजकहरूको विश्वास छ। उक्त दिन सहभागी हुन इच्छुक सबैलाई समयमै उपस्थित भई नेपालीपनको विशेष स्वाद लिन DNIG तथा प्रथा इभेन्ट्सले आग्रह गरेका छन्।

 

कमेन्टहरु