रौतहटमा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु

अशोक यादव
२०८२ असार ४ | मध्यान्ह ०६:०३ बजे

रौतहट, असार ४ । रौतहटमा करेन्ट लागेर एक गर्भवती महिलाको ज्यान गएको छ । जिल्लाको राजपुर नगरपालिका-३ डमार पोखरीयामा करेन्ट लागेर गर्भवती महिलाको ज्यान गएको परिवारले जनाएको हो ।
मृत्यु हुनेमा सेख सपुरको ३५ वर्षकी छोरी तथा मतिहुलाको श्रीमती गुल्नाज खातुनको मृत्यु भएको परिवारले बताएको छ । खातुन गर्भवती रहेको प्रदेशिक अस्पताल गौरले जनकारी दिनुभयो। करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि पुऱ्याएपछि चिकित्सकले मृत घोषणा गरेको हो ।
मृत् क माहिलाकी बुवाले दिएको जानाकरी अनुसार बुधबार दिउसो साढे ३ बजेको समयमा आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा करेन्ट लागेर ज्यान गएको हो । उनका अनुसार १५ वर्ष अघि मुसलिम परम्परागत विवाह भएको थियो । उनको तिन वटा छोराछोरी रहेका छन्























