मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

एक सातादेखि बिजुली नहुदा कोल्टी बजार वासी अध्यारोमा

उमेश रोकाया
२०८२ असार ४ | मध्यान्ह ०५:०३ बजे

बाजुरा , जेठ ४ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने बुढिननदा नगरपालिका – २ कोल्टी बजारमा बिजुली नहुदा व्यवसायीलाई सास्ती खेपिरहेका छन । जेठ २७ गते दिनबाट कोल्टी बजारमा बड्डीगाड जलविद्युत आयोजना अवरुद्ध हुँदा अध्यारो बस्नुपर्ने अवस्था आएको छ ।

हरेक वर्ष बिजुली पैसा छुट्याउने खाने गरेका छन । अहिलेको समय मागी खाने भाडो बनाएको छ । “विद्युतको जिम्मा नगरपालिका लिएको छ । यो कमजोरी पालिका रहेकोे स्थानीय गोलमा मल्लले बताउनुभयो ।”

कोल्टी बजार वासी एक सातादेखि अध्यारो बस्नुपर्ने बाध्यता आएको छ । विद्युत भित्र सानो मसिन नभएको हुँदा बन्द भएको हो । नगरपालिकाले काम नगरेपछि प्रत्येक बजार व्यवसायीबाट दुई सयका दरले पैसा उठाएर ल्याउने कुरा समेत भएको छ । हुने मान्छेले सोलार किनेर उज्यालो गर्ला आर्थिक कम्जोर भएको मान्छे अध्यारो बस्नुपर्ने स्थिति आएको मल्लले बताएकी छन ।

बजारमा बिजुली नहुदा अध्यारो बस्नुपर्ने बाध्यता मात्र नभएर विद्युतबाट सञ्चालन हुने विद्युतिय द्वारा चल्ने फर्निचर उद्योग , कम्प्युटर ईन्स्टिच्यु लगायत व्यवसाय चलाउन समस्या हुँदै आएको छ । कोल्टी बजारमा विद्युत समस्याले धेरै व्यवसायी धरापमा परेका व्यवसायी रमेश बुढाले बताउनुभयो ।

हुनेले बिजुली प्रयोग गर्ने गरेका छन । नहुने मैन बत्ती प्रयोग गरेर उज्यालो गर्न गरेका छन । कोल्टी बजारमा अधिकासं मान्छेहरू अध्यारो रात बिताउने गरेको छ । बाजुरा जिल्लाकै दोस्रो बजार मानिने कोल्टी बजारमा बिजुली बत्तीको समस्याले अन्धकार अवस्था रहेकोे बुढाले बताउनुभयो ।

विद्युतको सामान बुटवलबाट धनगढी ल्याइएको छ । सामान धनगढीबाट यता आउने बित्तिकै जडान गर्न लाएर छिट्टै बिजुली प्रयोगमा ल्याउने तयारीमा लागिएको बुढिनन्दा नगरपालिका प्रबक्ता जंगवीर रोकायाले बताउनुभयो ।

कमेन्टहरु