मन्त्रिपरिषद् बैठकले गर्यो १९ निर्णय


काठमाडौं । सरकारले असार २ गते भएका मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक गरेका हुन्।
सरकारले पुल सुधार तथा मर्मत कार्यक्रम तेस्राे चरणकाे लागि विश्व बैँकबाट प्राप्त हुने करिब २० अर्ब ७९ कराेड नेपाली रुपियाँ बराबरकाे सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेकाे छ।
त्यस्तै, दक्षिण कारिया सरकारबाट बर्दिया जिल्लामा सञ्चालन हुने समावेशी ग्रामीण विकास परियाेजनाका लागि प्राप्त हुने करिब १ अर्ब ८ कराेड ८० लाख नेपाली रुपियाँ अनुदान सहायता स्वीकार गर्ने समेत सरकारकाे निर्णय गरेकाे छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई सत्य निरुपण तथा मेलमिलाप आयाेगकाे सचिव पदमा कायममुकायम मुकर्रर गर्ने निर्णय पनि सरकारले गरेको प्रवक्ता गुरुङले जानकारी दिए।
यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय:

























