समाचार

पत्रकार दिलभूषण पाठकलाई धरपकड नगर्न उच्च अदालत पाटनको आदेश

नवलपुर टुडे
२०८२ असार २ | मध्यान्ह ०७:०३ बजे

काठमाडौँ, असार २ । उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई धरपकड नगर्न आदेश दिएको छ । न्यायाधीश ऋषि भण्डारीको एकल इजलासले सोमबार पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

पाठकको निषेधाज्ञा निवेदनमाथि अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानका अनुसार कानुनबमोजिम गर्नू र धरपकड नगर्न आदेश भएको हो । साथै असार ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ ।

प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए । जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।

कमेन्टहरु