रुपन्देहीमा अबैध माटो उत्खनन् तथा ओसारपसार कार्यमा संलग्न सवारी साधन नियन्त्रणमा


बुटवल, असार १ । जिल्ला प्रहरी कार्यालय रुपन्देही र इलाका प्रहरी कार्यालय सालझण्डीबाट अबैध माटो उत्खनन् तथा ओसारपसार कार्यमा संलग्न सवारी साधन नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले शनिबार तिलोत्तमा नगरपालिका- १३ अमुवास्थितबाट अवैध रुपमा माटो उत्खनन् तथा ओसारप्रसार गरिरहेको अवस्थामा लु २ ख ४२०७ र लु २ ख ३७५६ नम्बरको हाईवा गाडी नियन्त्रणमा लिएका छन।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी सुरज कार्कीका अनुसार उक्त गाडीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी तिलोत्तमा नगरपालिकाको कार्यालयमा आज असार १ गते आइतबार बुझाएको हो ।
सो गाडिलाई तिलोत्तमा नगरपालिकाको कार्यालयले रु.५०,०००।- जरिवाना बापत तिराई छाडिएको कार्कीले बताए ।
त्यस्तै इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जेठ ३० गते शुक्रबार सैनामैना नगरपालिका नगरपालिका- ९ गुरुङडाँडा खालास्थितमा बिना अनुमती लु १ क ५२१९ न.को JCB ले अबैध रुपमा माटो उत्खनन गर्दै गरेको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ ।

कार्यालयका सुचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार सो जेसिबिलाई आबश्यक कारबाहीको लागि सैनामैना नगरपालिकाको कार्यालयमा बुझाएको र जरिवाना बापत रु. ५०,०००।- जरिवाना तिराई छाडिएको बताए ।























