मधेश प्रदेश

मधेश प्रदेश सरकारको बजेट ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार(पूर्णपाठ)

नवलपुर टुडे
२०८२ असार १ | मध्यान्ह ०७:०३ बजे

जनकपुरधाम । मधेश प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि ४६ अर्ब ५८ करोड ३३ लाख ५१ हजार विनियोजन गरिएको छ । आइतबार मधेश प्रदेशसभामा अर्थमन्त्री सुनिलकुमार यादवले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरेको हो ।

चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख १७ हजार अर्थात् ३५ दशमलव ८९ प्रतिशत र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख ३४ हजार अर्थात् ६४ दशमलव ११ प्रतिशत विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा सरकारले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार विनियोजन गरेको छ । मन्त्री यादवले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको तुलनामा ६ दशमलव १३ प्रतिशतले बढेर आएको छ ।

मन्त्री यादवले आगामी आवको खर्च व्यहोर्न आन्तरिक राजश्वबाट ९ अर्ब ५० करोड ८३ लाख, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड १९ लाख, ससर्त अनुदानबाट ४ अर्ब २६ करोढ १८ लाख, विशेष अनुदानबनाट ३९ करोड ४५ लाख, समपूरक अनुदानबाट ३५ करोड ८२ लाख गरी जम्मा १२ अर्ब ७३ करोड ६४ लाख व्यहोर्ने रणनीति लिएको बताए ।

यस्तै, संघीय राजश्व बाँडफाँडबाट १२ अर्ब ३५ करोड ८४ लाख, गत वर्षको बचतबाट १० अर्ब ३८ करोड २ लाख ५१ हजार व्यहोरिने बताए । उक्त रकम २ अर्ब न्यून रहेकाले उक्त रकम व्यहोर्न आन्तरिक ऋण लिइने मन्त्री यादवले बताए ।

यस्तो छ बजेटको पूर्णपाठ :

 

 

कमेन्टहरु