मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
उद्योग वाणिज्य संघ द्वारा अग्नि पीडितलाई ३ लाख ५४ हजारभन्दा बढी सहयोग


बाजुरा , जेठ २८ । बाजुरा उद्योग वाणिज्य संघ द्वारा अग्नि पीडितलाई ३ लाख ५४ हजार १ सय ५० रुपैयाँ हस्तान्तरण गरिएको छ । बुढीगंगा नगरपालिका वडा नं. ६ स्थित बाम्का बजारमा जेठ २३ गते शुक्रवार ३:३० बजे नवदुर्गा होटल ग्यास सिलिन्डरमा आगलागि हुँदा १६ पसल पूर्ण रुपमा र २५ भन्दा बढी पसल आंशिक क्षती भएको छ ।
करोडौं मूल्य बरावर धनमाल नोक्सानी भएकाले उक्त अकल्पनिय घटनाले संघ परिवार स्तब्ध एवम् दुखित व्यक्त गरेका छन । सहयोगका लागि खटिनु हुने संघिय प्रदेश माननिय ज्यूहरु, स्थानिय सरकार, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी कार्यालय, नेपाली सेना, राजनीतिक दलका प्रतिनिधि, उद्योगी, व्यावसायी, नागरिक समाज एवम् पत्रकार लगायत धन्यवाद ज्ञापन गरेको छ ।
दुःखत परिस्थितिमा पिडित व्यवसायीलाई धैर्य गर्न साहस जुटोस् भन्ने कामना व्यक्त गर्दछौं । पिडित व्यवसायीहरुलाई राहतका लागि हाल तिन वटै तहका सरकारबाट र अन्य संघ / संस्थाहरु माफर्त भैरहेको पहल कदमिका लागि हार्दिक आभार व्यक्त गरेका छन । संघको तर्फबाट पनि राहत संकलन अभियान सन्चालन गरिएको छ । उक्त राहत संकलन अभियानमा सहयोग गर्नु हुने विभिन्न बजार व्यवस्थापन समिति, सम्पूर्ण व्यवसायी सहयोगी मनहरुमा उद्योग बाणिज्य संघ बाजुराले धन्यवाद दिएको छ ।
बाजुरा उद्योग वाणिज्य संघ, कार्यसमितिका पदाधिकारी सदस्य / कर्मचारीहरु र बजारबाट संकलित रकम एकमुष्ट तीन लाख चौपन्न हजार एक सय पचास रुपैयाँ बुढीगंगा नगरपालिकाका जनप्रतिनिधि मार्फत सम्बन्धीत पिडीत व्यवसायीहरुलाई उपलब्ध गराईएको जनाएको छ ।























