मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश
धिम गाउँमा बिजुली बत्ति उद्घाटन


बाजुरा , जेठ २८ । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने हिमाली गाउँपालिका – ६ को धिम गाउँमा बिजुली बत्ति उद्घाटन गरिएको छ । हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले अग्रबत्ती बालेर संगै सुइच अन गरेर बिजुली उद्घाटन गर्नुभएको छ । धेरै महिनादेखि अर्थ प्रयासले धिम गाउँमा कुवाडी खोला लघु जलविद्युत आयोजना विद्युतको लाइन बिस्तार गरिए संगै आज धिम गाउँमा झिल्ली मिली भएको छ ।
बत्ति बाल्ने अवस्था थिएन । बत्तीको कुरा गर्दा लामो समयपछि बिजुली बाल्न सफल भएका हौं । रुगिन र बिच्छ्या उज्यालो भए संगै धिम गाउँमा बिजुली बिस्तार भएको छ । धेरै मिहिनेत साथ पवित्र भुमि बत्ति उद्घाटन भएको छ । सुरुवात गर्दा आफैले लागी पर्नु पर्छ । बत्ति नपुगेको ठाउँमा ठेक्का भएको छ । विद्युत लाइन बिस्तार भएको ठाउँमा स्तर उन्नति लागि दिन स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको नेपाली काङ्ग्रेस महासमिति सदस्य रमेश विकले बताएका छन ।
सोलार टुकीबाट उज्यालो गरेर दिन बिताउने आज एक औपचारिक रूपमा कार्यक्रम गरेर बिजुली उद्घाटन संगै गाउँमा झिल्ली मिली भएको छ । बिजुली नपुगेको ठाउँमा २०८२ साल भित्र बाल्ने भएका छौँ । सरकारी सेवाबाट पाउने सेवा सुबिधा लिने स्थानीयहरुले चासो लिनुपर्छ । लामो दुरी बाट विद्युतको लाइन बिस्तार गरेर बत्ति बाल्न सफल भएका हौँ । विद्युतबाट हुनसक्ने घटना जोखिम लिन त्यहाँका स्थानीयले ध्यान जान जरुरी रहेको छ । रैथाने बाली उत्पादन गर्न हामी विद्युतबाट चल्ने सामान ल्याएर गाउँको आय आर्जन गर्न सकिनेछ । सबै बस्तीमा बिजुली जडान गर्ने कुरा रहेको छ । हिजो सोलार टुकी भन्दा फरक बिजुली उज्यालो पाउदा स्थानीय धेरै खुशी भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन ।
मेरो कर्तव्य यो ठाउँ बनाउने जनताबाट भोट हालेर जिम्मेवारी दिएका हुन । आफू आफ्नो कर्तव्य पुरा गर्दै छु । हामी खराब कुरा मात्र सोचके छौँ । हाम्रो दिमागमा सकारात्मक सोचाइ हुनुपर्छ बिकास निकास रामै गर्छ । अब दुई वर्ष कार्यकाल बाकी छ । पहिलो चुनाव बिजय भएपछि ठुलो भारी थियोे, अहिले कम हुँदै आएको छ । शिक्षा, स्वास्थ्य, संचार, खानेपानी, यातायात र बाटो थिएन । साधारण फोन गर्न कोल्टी जानुपर्ने अवस्था थियो । अहिले सबै कुरा गर्न सफल भएको छु । धिम गाउँमा बिजुली उद्घाटन संगै सञ्चालनमा आएको छ । बोल्डिक गाउँमा लाइन बिस्तार गर्न काम भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताएका छ्न ।
भखरै हिमाली गाउँपालिका १,२ र ३ वडामा विद्युत सञ्चालन गरेका थियौँ । भौतिक पुर्वाधार थुप्रै काम आफ्नो कार्यकालमा गर्नुपर्ने अधिकासं काम गरेको छु । बिकास निकास अगाडि बढाउन रातदिन नभनी लागिपरेको छु । यो ठाउँको विकास होस् भन्ने उद्देश्यले लागेको हो । अब आउने बजेटमा यहाँका मान्छेहरू समावेश हुने बजेट बनाउने अध्यक्ष मल्लले बताए ।
गाउँमा कागुनो र चिनो उत्पादन गराउने र त्यसको बिक्रीवितरण हामी गरिदिन्छौ । वृक्षारोपण कार्यक्रम अन्तर्गत लगाएको अनार, सुन्तला, स्याउ, ओखर र कागती कति उत्पादन भएको त्यसको रेकर्ड माग्छौ । हामी त्यसको नतिजा हेर्ने कुरामा अगाडि बढ्ने भएको छ ।
सबैभन्दा ठुलो वडा भएको हो । हामीसंग शक्ति भएको ठाउँ हो । आफ्नो लागि काम गर्न तयार हुनुपर्छ । इतिहास आफै लेखिन्छ, कसैले लेख्नु पर्दैन तर कसैले यो गरे उ गरे भनी रहनु पर्दैन । इतिहास आफै बोल्छ, बिजुली आइसकेपछि घरमा कम्प्युटर, फर्निचर उद्योग खोल्न सकिन्छ । हामी कुनै कुराको कमि छैन । हामी लाग्नुपर्छ, लाग्यो भने सबै कुरा सम्भव रहेकोे हिमाली गाउँपालिका – ६ का वडा अध्यक्ष प्रेमलाल भण्डारीले बताएका छन ।
कार्यक्रम अध्यक्षता हिमाली गाउँपालिका -६ का वडा अध्यक्ष प्रेमलाल भण्डारी, प्रमुख अतिथि हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्ल, बिशिस्ट अतिथि, निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारी, पुर्व उपाध्यक्ष चन्द्र देवी बुढा अतिथि पुर्व वडा अध्यक्ष सुरेन्द्र बहादुर मल्ल, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य दल बहादुर मल्ल, नेकपा एमाले हिमाली गाउँ कमिटी अध्यक्ष नन्दसिंह रोकाया लगायत गाउँका सम्पुर्ण उपस्थितिमा बिजुली बत्ति उद्घाटन गरिएको प्रबक्ता भिमानन्द पाण्डेले बताएका छन ।























