खेलकुद

रामपुरलाई हराउँदै प्याराडाइज भरतपुर २४ गोल्डकपको सेमिफाइनलमा 

नवलपुर टुडे
२०८२ जेष्ठ २७ | मध्यान्ह ०१:०२ बजे

भरतपुर । प्याराडाइज युथ क्लब रत्ननगर चौथो पेन्गुईन भरतपुर – २४ गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आज (सोमबार) भएको पहिलो चरणको तेस्रो खेलमा रामपुर फुटबल क्लब रड्सलाई हराँउदै प्याराडाइज सेमिफाइलमा प्रवेश गरेको हो । 

प्याराडाइजको जितमा सन्दिप रानाले निर्णायक गोल गरे । उनले खेलको सुरुवती मिनेटमा नै गोल गर्दै प्याराडाइजलाई अग्रता दिलाएका थिए । उक्त गोल नै निर्णायक बन्यो । उनी नै प्लेयर अफ दि म्याच चुनिए । 

प्रतियोगितामा भोलि मंगलबार पहिलो चरणको अन्तिम खेल हुनेछ । जसमा सूर्यपुर एफसी र मकवानपुर  भिड्नेछन् । खेल दिउँसो ४ बजे हुनेछ ।    

भरतपुर – २४ गोल्डकप उपभोक्ता समितिको आयोजनामा जारी प्रतियोगितामा ८ टोली सहभागी छन् । जेठ ३१ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ट्रफीसहित ३ लाख ३ हजार तथा उपविजेताले एक लाख ७५ हजार प्राप्त गर्नेछन् ।

 

कमेन्टहरु