घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

पूर्व प्रदेश प्रमुख जोशी र प्रदेश सांसद शाही आगलागी क्षेत्रको निरिक्षण

उमेश रोकाया
२०८२ जेष्ठ २६ | बिहान १०:०२ बजे

बाजुरा , जेठ २६ । सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख देवराज जोशी र प्रदेश सांसद पदम बहादुर शाहीले आगलागी क्षेत्रको निरिक्षण गरेका छन् । आईतबार जोशी र शाहीसंगै नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्य रनसिंह बहादुर ऐडीले भिषण आगलागी भएको बाम्का बजारको स्थलगत निरीक्षण गरेका हुन् ।

आगलागीबाट ध्वस्त भएको बाम्का बजारको निरीक्षण गर्न उहाँहरु आईतबार बाजुराको बाम्का बजारमा पुग्नुभएको हो । प्रदेश प्रमुख जोशी र सासद शाहीले घटनाको विस्तृत जाचबुँझ गरि जानकारी समेत लिएका छन् । सो क्षेत्रको निरीक्षणपछि आगलागीबाट पीडितहरुलाई भेटेर तत्काल राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायमा पहल गरी रहेको उहाँहरुले बताएका छन् ।

आजै सुदूरपश्चिम प्रदेश सरकारले तत्काल आगलागी पीडितका लागि राहत स्वरुप ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ । त्यस्तै पीडितहरुका लागि जिल्लाका बुढीगंगा, त्रिवेणी, स्वामिकार्तिक र बुढीनन्दा नगरपालिकाले समेत आर्थिक सहयोग गरेका छन् ।

शुक्रवार दिउँसो बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्याँस पड्किएर आगलागी हँुदा कम्तिमा दुई दर्जन बढी पसलहरुमा क्षति भएको छ । त्यस्तै शनिवारदेखि घटनाको एकिन विवरण संकलन कार्य भइरहेको छ भने आगलागीबाट १९ करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।

कमेन्टहरु