घटना, मुख्य समाचार, समाचार, सुदुरपश्चिम प्रदेश

स्वामीकार्तिकले आगलागी पिडितलाई १ लाखभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता

उमेश रोकाया
२०८२ जेष्ठ २५ | मध्यान्ह ०८:०२ बजे

बाजुरा , जेठ २५ । स्वामीकार्तिक खापर गाउँपालिकाले बाम्का बजार आगलागीबाट पिडितलाई राहत तथा पुन निर्माणका लागि १ लाख १ हजार १ सय रुपैया सहयोग गर्ने प्रतिबद्धता गरिएको छ ।

बुढीगंगा नगरपालिका वडा नं. ६ स्थित बाम्का बजारमा जेठ २३ गते दिउँसो भएको भीषण आगलागिको घटनाप्रति स्वामीकार्तिक खापर गाउँपालिका गहिरो दुःख व्यक्त गरेको छ । बाजुराको प्रदेश निर्वाचन क्षेत्र ‘ख’ को एक मात्र व्यापारिक केन्द्र रहेको बाम्का बजारमा भएको आगलागिमा परि दर्जनौं पसल तथा होटेलहरु जलेर पूर्ण रुपमा क्षति पुगेको छ ।

यस दुःखद घटनाले स्थानीय व्यवसायीहरुको जीविकोपार्जनमा गम्भिर असर परेको छ । स्वामीकार्तिक खापर गाउँपालिकाले पिडित व्यावसायी तथा प्रभावित परिवार प्रति गहिरो दुःख प्रकट गर्दछ र उनीहरुको तत्काल राहत, पुनः स्थापना तथा व्यवसाय पुनः सञ्चालनका लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई सहयोग आग्रह समेत गरेको छ ।

यस संकटको घडीमा पिडितलाई राहत तथा पुन निर्माणका लागि यस स्वामीकार्तिक खापर गाउँपालिकाले १ लाख १ हजार १ सय सहयोग गर्ने प्रतिबद्धता गरिएको नि.प्रमुख प्रशासकीय अधिकृत पारस बहादुर शाहीले बताएका छन ।

कमेन्टहरु