घटना, मुख्य समाचार, राजनीति, समाचार, सुदुरपश्चिम प्रदेश

आगलागीबाट पीडितलाई तत्काल राहत गर्न काङ्ग्रेस बाजुरा द्वारा तिन तहका सरकारलाई आग्रह

उमेश रोकाया
२०८२ जेष्ठ २५ | बिहान ०९:०२ बजे

बाजुरा , जेठ २५ । नेपाली काङ्ग्रेस बाजुराले बुढीगंगा नगरपालिका – ६ स्थित वाम्का बजारमा भीषण आगलागीको घटनाप्रति नेपाली काँग्रेस बाजुरा गहिरो दुःख व्यक्त गरेको छ । आगलागीबाट पीडित परिवारलाई तत्काल राहत, पुनः स्थापना तथा व्यवसाय पुनः संचालनका लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई हार्दिक आग्रह गरिएको छ ।

जेठ २३ गते दिउँसो भएको भीषण आगलागीको घटनाप्रति नेपाली काँग्रेस बाजुरा गहिरो दुःख व्यक्त गरेको छ । स्थानीय आर्थिक केन्द्रका रुपमा रहेको बाम्का बजारमा भएको आगलागीमा परी दर्जनौं पसलहरु तथा होटलहरु जलेर पूर्ण रुपमा क्षति पुगेको छ । यस दुःखत घटनाले स्थानीय व्यवसायीहरुको जिविकोपार्जनमा गम्भीर असर परेको छ ।

पीडित व्यवसायी तथा प्रभावित परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दछ । उनीहरुको तत्काल राहत, पुनः स्थापना तथा व्यवसाय पुनः संचालनका लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारलाई हार्दिक आग्रह गर्दछ । यस संकटको घडीमा पीडितलाई राहत तथा पुनःनिर्माणमा सहयोग गर्न नेपाली कांग्रेसका भातृ तथा शुभेच्छुक संस्था र सबै निकायसँग हार्दिक आव्हान गरेको नेपाली काङ्ग्रेस बाजुरा पाटी सभापति राम सिंह रावलले बताएका छन ।
सभापति

कमेन्टहरु