देश

सप्तगण्डकी क्याम्पसको अखिल (क्रान्तिकारी) को नेतृत्वमा शर्मा

नवलपुर टुडे
२०८२ जेष्ठ २४ | मध्यान्ह ०७:०२ बजे

भरतपुर । सप्तगण्डकी बहुमुखी क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) मूल इकाई समितिकाे नेतृत्व परिवर्तन भएको छ। हालका अध्यक्ष दिवस भुषालले एक औपचारिक विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष विकास शर्मा (विकसित) लाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेका छन्।

‘संगठनको आन्तरिक विधानअनुसार वरिष्ठ उपाध्यक्षको हैसियतले विकास शर्मालाई आगामी दिनमा संगठनको सम्पूर्ण कार्यदायित्व हस्तान्तरण गरिएको जानकारी गराइन्छ।’, भुषालले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ । पछिल्ला समय संगठनका नाममा केही साथिहरु द्वारा विधि–विधान विपरीत अराजक गतिविधिहरू समेत देखिएको भन्दै अध्यक्ष भुषालले त्यसप्रति गम्भीर ध्यानाकर्षण  समेत गराएका छन्। उनले यस्ता गतिविधिहरूप्रति क्याम्पस प्रशासन स्वयं सचेत भई कार्य गर्न अनुरोध समेत गरेका छन । 

शर्मा बिए चौथो वर्षका विद्यार्थी हुन् र सप्तगण्डकी आमसञ्चार क्लबमा समेत आवद्ध छन्। तनहुँ देवघाट घर भएका उनी निरन्तर विद्यार्थीहरुको मुद्धामा अग्रभागमा उभिएर काम गर्दै आएका विद्यार्थी नेता हुन । उनी कला क्षेत्र र समाजसेवामा समेत सक्रिय छन्। यसअघि शर्मा कलेजको स्ववियु सभापतिको उम्मेदवार समेत थिए ।

कमेन्टहरु