कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश, राजनीति, लुम्बिनी प्रदेश, विचार/ब्लग, समाज, सुदुरपश्चिम प्रदेश

पुर्व उर्जाराज्यमन्त्री स्वर्र्गीय रामजी शर्माको जिवनीका पदचापहरु

याम बहादुर थापा मगर
२०८२ जेष्ठ २३ | मध्यान्ह ०९:०२ बजे

जिवननाथ शर्मा
बागलुङ नगरपालिका ५ मालिका,बागलुङ
९८५७६३२०२३
याम बहादुर थापा मगर
बागलुङ नगरपालिका १० भकुण्डे,धौलेचउर

 ९८४७६५७३००

लेखको आरम्भ

मानिसको जन्म,संघर्ष,जीवनयापन र मृत्यु स्वभाविक प्रक्रिया हो । मानिसले जिवनमा गरेको दुख, संघर्ष र योगदानले मानिसलाई मरेपछि पनि सम्झने गरेको हुन्छ । समाज, देशका लागि जिवन नै आहुती दिनेलाई त झन पुस्तौ पुस्तासम्म शहिदको सम्मान दिएर सम्झने गर्दछन । धेरै जसो मृत्यु पर्यन्त पनि सम्झने मानिसहरुमा राजनीतिक यात्रामा योगदान गरेका मानिसहरुलाई सम्झीने गरेको पाइन्छ । पछिल्लो समयमा राजनीतिक नेता, शिक्षक, साहित्यकार,कलाकार, उच्च पदस्थ कर्मचारी, उद्यमीशिल कर्मविर मानिसहरुको बारेमा आत्म सस्मरण, आत्मवृतान्तहरु लेख्ने र प्रकाशन गर्ने प्रचलन विकास भएको छ । सायद अबका भोलिका दिनहरुमा इतिहासलाई जिवन्त राख्नको लागि हरेक व्यक्तिको आत्मसस्मरण र आत्मवृत्तान्त स्वरुप किताबको रुपमा प्रकाशन हुनुपर्छ । तत्कालिन धवलागिरी अन्चलको सदरमुकामको नजिक भएका कारणले पनि हुन सक्दछ कि उहाँमा राजनीतिक चेतना छिटो र विद्यार्थी कालमा नै आएको हुनुपर्दछ । गण्डकी प्रदेश बागलुङ नगरपालिका वडा नं. ५ मालिकामा जन्मेका र नेपाल सरकारको पुर्व उर्जा राज्यमन्त्री समेतको उच्च पदमा हासिन हुनु भएका स्वर्गिय रामजी प्रसाद शर्माको जिवनीलाई छोटकरी सहलेखनका लेख्ने काम भएको छ । आगामी दिनहरुमा थप शोध, खोज र अनुसन्धान गरेर लेख्ने काम विद्यार्थी, अगुवा र इतिहासकारहरुले गर्ने जिम्मा बाँकी काम सुम्पीएको छ । तर अनुसन्धान निरन्तर हुन जरुरी छ । कुनै पनि अनुसन्धान आफैमा पुर्ण हुँदैन । भोलिका दिनमा स्वर्गिय रामजी प्रसाद शर्माको बारेमा प्रष्ठिान, स्मृति कोष खडा गरेर सदाका लागि अमरत्व गर्ने जिम्मा परिवार, दाजुभाई, सहयात्री राजनीतिककर्मीहरु र युवा तथा विद्यार्थीहरुको काम हुने छ । त्यसैले तत्कालीन धौलागिरी अन्चल र हाल बागलुङ जिल्ला वामपन्थी नेताको बारेमा आम चासो र चिन्ता राख्ने समुदायका लागि जिवनी प्रस्तुत भएको छ । यस लेखको पुरा अध्ययन गरेर सकारात्मक सल्लाह सुझावको अपेक्षा गरेका छौ । ताकी पाठकहरुले दिएका सुझाव र सल्लाहले थप अध्यारा पाटाहरुका बारेमा उजागर हुने नै छ ।

पुर्व उर्जाराज्यमन्त्रीको जन्म र पारिवारिक सम्बन्ध

बाबा रत्नदत्त उपाध्याय र आमा रुक्मिणी उपाध्यायको कोखबाट वि.स. २०१४ साल असोज १४ गते मालिका पन्चासेमा जन्मनुभएको थियो । रामजी प्रसाद शर्माले १ कक्षा देखि ५ कक्षा मालिका निम्नमाध्यमिक विद्यालय पञ्चासे, कक्षा ७ मा भानु माध्यमिक विद्यालय, रत्नेचौरबाट, ८ कक्षा देखि १० कक्षा विद्यामन्दिर माध्यमिक विद्यालय बागलुङबाट गर्नु भएको थियो । प्रविणता प्रमाणपत्र तह आई.ए. तत्कालीन महेन्द्र बहुमुखी क्याम्पस बागलुङ हाल धवलागिरी बहुमुखी क्याम्पस बागलुङबाट गर्नु भएको थियो । स्नातक तह वि.ए. पृथ्वी नारायण क्याम्पस,पोखरा र स्नातकोत्तर तह त्रिभुवन विश्वविद्यालय किर्तिपुरबाट अग्रेजी विषयमा गर्नुभएको थियो । अध्ययनमा बहुत चासो र चिन्ता राख्नुहुने रामजी प्रसाद शर्मा सानै देखि तिक्ष्ण बुद्धि, जुझारु स्वाभाव र समाजमा केही गर्नुपर्छ भन्ने भावनाका हुनुहुन्थ्यो । रामजी प्रसाद शर्माले १६, १७ वर्षको उमेरमा नै प्रगतीशिल विचार धाराबाट प्रभावित भई वि.स. २०३१ सालबाट नै भएपनि क्रमशः नेपाल कम्युनिष्ट पार्टीकाृ सदस्यता वि.स. २०३६ लिई राजनीति भन्दा रमाउने, अध्ययन गर्ने र रुचि लिने सशक्त युवाको रुपमा परिचित भई सक्नुभएको थियो । त्यस समयमा समाजले त्यो जमानामा धेरै पढेलेखेको कारण गाऊँमा नै बसेर शिक्षामा योगदान गरोस भन्ने अपेक्षा राखेको थियो । तर रामजी प्रसादको बुद्धि र दिमागमा राजनीतिले ओतप्रोत भएका कारण निरकुशं दलविहिन पंचायति शासन व्यवस्थाको अन्त्य गरी बहुदलिय प्रजातन्त्रको स्थापनामा दिलो ज्यान दिएर जनताका खोसिएका हक अधिकारको पुर्नवहाली गर्ने कुराले धेरै अगाडी बढाएको थियो । समुदायको लागि केही शिक्षामा गरोस भन्ने चाहना र आग्रहको अगाडी केही लागेन । शिक्षकको रुपमा रहेपनि वि.स. २०३४ देखि २०४९ सम्म विभिन्न विद्यालयमा अध्यापन गरेपनि विद्यालयको नेतृत्वमा रही रहनु भयो ।
रामजी प्रसाद शर्माको शिक्ष्ााँ र शिक्षण पेशा
मालिका प्राथमिक विद्यालय पञ्चासे,मालिका, मालिका निम्नमाध्यमिक विद्यालय देउराली डाँडा, मालिका हुँदै मालिका माध्यमिक विद्यालय, मलाडाँडा, मालिकाको स्थापना हुँदा सस्थापक प्रधानाध्यापक भएको जानकारी आएको छ । त्यसैगरी लक्ष्मी माध्यमिक विद्यालय, काठेखोला धम्जामा वि.स.२०४३।११।३० देखि २०४६।०९।१० गतेसम्म शिक्षकको रुपमा कार्यरत रहेको ( सन्दर्भ सामाग्री श्री लक्ष्मी माध्यमिक विद्यालय, स्मारिका २०८१, काठेखोला ३, धम्जा ), अर्जुन माध्यमिक विद्यालय बेनी नगरपालिका, ज्यामिरकोट,भकुण्डेमा अध्यापक गर्नु भएको थियो । शिक्षण पेशामा रहँदै आफनो राजनीतिक छविलाई अगाढी बढाउनको लागि जनतालाई सचेत र संगठीत बनाउने काममा गर्नुभयो । वि.स.२०३४ देखि २०४९ साल सम्म शिक्षण पेशामा सलग्न रहेतापनि त्यही समयमा नै तत्कालीन नेपाल कम्युनिष्ट पार्टी मालेको विभिन्न प

रामजी शर्माको राजनीतिक यात्रामा योगदान

तत्कालीन मालेमा आबद्ध भै संगठीत कामकाज गर्दा राजकाज अपराधिक झुठा मुद्धा र दर्जनौ पटक हिरासत र जेलझेलनमा आसिन हुनुभएको थियो । राजनीतिक आन्दोलन र परिर्वतनमा लागेका कारण शिक्षण पेशा लगायत अन्य कामकाजमा भविष्यमा समेत अयोग्य हुनेगरी प्रधानाध्यापक पदबाट बर्खास्त गरिएको थियो । जव वि.स.२०४६ सालमा बहुदलीय प्रजातन्त्रको पुर्नस्थापना भएपछि तत्कालीन नेकपा एमालेको जिल्ला कमिटीको सदस्य वि.स. २०४८ सालमा हुनुभयो । वि.स. २०४८ सालको संसदिय चुनावमा नेकपा एमालेको पार्टीको उम्मेदवारलाई जिताउनको लागि निर्वाचन परिचालन कमिटिको संयोजक हुनुभयो । त्यसै गरी वि.स.२०४९ सालमा भएको प्रथम स्थानिय निकायको निर्वाचन तत्कालीन मालिका गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित हुनुभयो । सो अवधिमा उहाँले मालिका गा वि.स.को विकास, समृद्धिमा नेतृत्व गर्दै कुशल नेतृत्व गर्दै राष्ट्रिय राजनीतिमा पुग्ने बलियो जग बनाउनमा आधार निर्माण गर्नुभयो । त्यसैगरी वि.स.२०५१ सालमा तत्कालिन नेकपा एमालेको उप सचिव पदमा र लगत्तै जिल्ला कमिटिको सबैभन्दा ठुलो पद सचिव पदमा निर्वाचित भै नेकपा एमाले पार्टीको सदृढीकरण र संगठीत गर्ने काममा सशक्त र प्रभावकारी तरिकाले लाग्नुभएको थियो । त्यसैगरी वि.स. २०५५ र २०५८ मा पनि नेकपा एमालेको जिल्ला कमिटिको प्रमुख अर्थात सचिवमा निर्वाचित भएर पार्र्टीको कुशल नेतृत्व समाल्नु भएको थियो । वि.स.२०५६ सालको आमनिर्वाचनमा झिनो मतले पराजित भएतापनि निरन्तर पार्टी काममा राजनीतिमा थकाई भन्ने शब्दावलीको पदचापमा लागि रहनुभयो । त्यसैगरी नेकपा एमालेको वि.स.२०५९ सालमा भएको सातौ राष्ट्रिय महाधिवेशनबाट बैकल्पीक केन्द्रिय सदस्यमा निर्वाचित भई एमालले पार्टीको केन्द्रिय राजनीतिमा नेतृत्व गरी राजनीतिमा दख्खलता हासिल गर्नुभयो । नेपालमा वि.स.२०५९ सालपछि अझ जनपरिचालन गर्नुपर्ने शाही कुशासनको सामना गर्नुपर्यो । वि.स.०६०।०६१ ताका अघोषित रुपमा दललाई पाखा लगाई राजाले शासन गर्ने कुचेष्टा गरे । शाही शासनलाई फाल्नको लागि बहुत ठुलो जनआन्दोलन गर्दै पार्टीको तर्फबाट नेतृत्व गरेको पाइन्छ । दोश्रो जनआन्दोलन ०६२।०६३ को सफल नेतृत्वदायी भुमिका खेलेका कारण सबै तिरबाट सफल नेतृत्वको तारिफ भएको थियो । वि.स. २०६४ सालमा भएको संविधान सभाको निर्वाचनमा १५,७८६ मत पाएर नेकपा एमालेको तर्फबाट निर्वाचत हुनुभयो । त्यसै समयमा वि.स.२०६४ सालमा नेकपा एमालेको धौलागिरी अञ्चल इन्र्चाजको जिम्मेवारीमा समेत नेतृत्व गर्नुभयो । संविधान सभाका विभिन्न समितिहरुमा बसेर भुमिका निभाउँदै नेकपा एमालेको जिम्मेवारीहरु सफलतापुर्वक बहन गर्नुभयो । त्यसैगरी वि.स. २०६७ सालमा झलनाथ खनालको प्रधानमन्त्रीत्वकालमा बनेको सरकारमा उर्जा राज्यमन्त्री पदमा आसिन हुनुभयो । सो समयमा नेपालमा लोडसेडिङको ठुलो समस्या रहेको त्यस समस्यालाई कम गर्न महत्वपुर्ण भुमिका खेल्नुभएको थियो । साथै सविधान सभा संविधान निर्माणका लागि १७ सदस्यीय समितिमा बनेको दबाब समुहमा सहभागी हुनु भएको थियो । नेकपा एकिकृत समाजबादी पार्टीको गण्डकी प्रदेशको अध्यक्ष र स्थायी कमिटीको सदस्य भएर जिवनको उत्तराद्र्धमा राजनीतिको नेतृत्वदायी भुमिका निर्वाह भएको गर्नुभयो ।

सम्झना लायक रामजी शर्मा विभिन्न सघं सस्थाहरुमा

स्वर्गिय रामजी प्रसाद शर्माको बहुआयामिक क्षमता र नेतृत्वका कारण विभिन्द पदहरुमा सहभागिता जनाउनु भएको थियो । धौलागिरी सामुदायिक श्रोस विकास केन्द्र (डिसी आर डिसी ) बागलुङको सस्थापक उपाध्यक्ष, नेपाल रेडक्रस सोसाइटी बागलुङको विशिष्ट सदस्य, नेत्र ज्योति संघ बागलुङको आजिवन सदस्य, मालिका सेवा समाज,बागलुङको संरक्षक तथा विशिष्ट सदस्य र शैक्षिक गोत्रिय कुलमन्दिर व्यवस्थापन समितिको अध्यक्ष, धौलागिरी प्राविधिक प्रतिस्ठान बागलुङको अध्यक्ष, कोरोना एकेडेमी,बागलुङको अध्यक्ष, गोल्डेन टि स्टेट बागलुङको प्रबन्ध निर्देशक, सागर मौरीपालन उद्योग बागलुङको सल्लाहकार पदमा नेतृत्व गर्नु भएको थियो । लगायत विभिन्न सामाजिक,शैक्षिक, राजनैतिक, धार्मिक स्थानहरुमा नेतृत्वदायी भुमिका खेलेको पाउन सकिन्छ । अझै थप अनुसन्धान गरेर विस्तृत जानकारी ल्याउनुपर्ने भएको छ ।

रामजी प्रसाद शर्माका याद गर्ने आनीबानीहरु

स्वर्गीय रामजी प्रसाद शर्माको आनीबानी सरल, परिश्रमी, सहयोगी र सम्झने शक्ति लामो भएको थियो । आफुलाई सही र यर्थाथ लागेको विषयवस्तुलाई कार्यान्वयन गर्नका लागि कटिबद्ध हुनुहुन्थ्यो । प्राय डायरी बोकेर हिडने बानी र पार्टीका हरेक गतिविधिहरुलाई लिखित रुपमा दस्तावेज गर्नमा हरेक नेता र कार्यकर्ताहरुले अहिले पनि डायरी बोक्ने बानीलाई सम्झना योग्य आनी बानीमा लिने गरेको पाउन सकिन्छ । दुखमा हरेकको साथ र सहयोग गर्ने बानी तथा सगठन निर्माण हर तरहले लाग्ने भएकोले कुशल संगठका रुपमा लिने गरेको पाउन सकिन्छ । पैदल भम्रण गरेर बागलुङ जिल्लाका अधिकांश गाऊँहरु पुग्नु भएको छ । अध्ययनमा गहिरो रुचि समेत राख्ने रामजी प्रसाद शर्माले घरमा धेरै भन्दा धेरै माक्र्सबादी दर्शन लगायत पार्टीका थुप्रै दस्तावेजहरु सकलन गर्नुभएको थियो । हामी अनुजहरुको उहाँमा रहेको थोरै मात्र आनीबानी अनुशरण गर्न सकेमा आजको कम्युनिष्ट आन्दोलनले सार्थकता पाउने थियो भन्ने आभास मिल्छ ।

रामजी प्रसाद शर्माको उत्तरार्धमा विश्राम

जिवनमा समाजसेवा र राजनीति गर्दागर्दै भारतमा मृर्गौला उपचारको क्रममा मृत्यु हुन पुगेको थियो । देशभक्त छोरो मर्दा देशै रुदो रहेछ भन्ने प्रसिद्ध गितको सम्झना स्वर्गिय रामजी शर्माको शवयात्राको उर्लदो मानव जनसागरले पुष्टि गरेको थियो । नेकपा एमाले पार्टीका जनतादेखि नेताहरुदेखि नेपाली काग्रेस, नेकपा एकिकृत माओवादी र एकृकित समाजवादी लगायत हजारौ कार्यकता तथा शुभचिन्तकहरुको मानव जनसागर निरयघाटमा अन्तिम श्रद्धान्जली प्रकट गर्न पुगेका थिए । त्यस भन्दा अगाडीको मलामीमा जनसागरको रुपमा उर्लेको स्वर्गीय सांसद गोविन्द अधिकारी र बागलुङ नगरपालिकाका प्रथम नगर प्रमुख तथा नेकपा एमाले अनुशासन आयोगका सदस्यका ऋषिराम शर्माको मलामी जादाको जनसागर मैले देखेको थिए । भोलिका दिनमा अझै भोलिका दिनमा थप अनुसन्धान तथा खोज सहित शोधबाट रामजी प्रसाद शर्माको जिवनीलाई प्रमाणिक तथा तथ्यपरक बनाउनको लागि अझै बाँकी नै रहेको छ । जीवनीलाई राजनैतिक, साहित्यीक, सामाजिक, कृषि, शैक्षिक लगायत विविध पक्षहरुलाई गहिरोसँग अध्ययन गरेर स्मृति ग्रन्थ प्रकाशित गर्न बाँकी नै रहेको छ । उहाँको सम्झना र योगदानको चर्चा तथा परिचर्चा जनताको तहसम्म हुन पर्छ । नेपाली समाजमा मरेपछि मात्र सम्झने परम्परा तोडनुपर्छ । हामीले धौलागिरी अन्चल साविकको कम्युनिष्ठ आन्दोलनमा रामजी प्रसाद शर्माको योगदान अमुल्य रहेको थियो । संविधान सभाका सदस्य तथा बागलुङ नगरपालिका १० भकुण्डे,दहका श्री नर बहादुर थापा मगरसँग सहकार्यमा कम्युनिष्ठ पार्टीमा लागेर देश र जनताको पक्षमा योगदान गरेको बताउँछन ।

 

कमेन्टहरु