राैतहटको मौलापुर नगरपालिकाकी प्रमुख रिना कुमारी साह सम्मानित


राैतहट । मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साह शिक्षा क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै सम्मानित भएकी छन् । उनी शुक्रबार “प्यान उत्कृष्ट नगरपालिका २०८२ पुरस्कार“बाट सम्मानित भएकी हुन् । सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको संस्था ‘पान’को दोस्रो राष्ट्रिय सम्मेलनको अवसरमा पोखरामा आयोजित समारोहमा उनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सम्मान गरेका हुन् ।
मौलापुर नगरपालिका शिक्षाको मापदण्डको आधारमा मधेस प्रदेशमै उत्कृष्ट नगरपालिका घोषित भएको थियो । मेयर साहले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा सरोकारवालाको सहकार्यले उपलब्धि हासिल भएको भन्दै सबैप्रति कृतज्ञता व्यक्त गरेकी छन् ।
मौलापुर नगरपालिकाले बालिकालाई शिक्षाप्रति आकर्षित गराउन निःशुल्क साइकल वितरणदेखि उच्च शिक्षा अध्ययनरतलाई ल्यापटप वितरण गर्दै आएको छ ।























