देश

प्रतिनिधिसभा बैठक स्थगित

नवलपुर टुडे
२०८२ जेष्ठ २२ | मध्यान्ह ०६:०२ बजे

काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलि शुक्रबारसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले संसद् सञ्चालनमा अवरोध गरेपछि सभामुख देवराज घिमिरेले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

आजको बैठक सुरु हुना साथ प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत दलका सांसदले उठेर अवरोध गरेका थिए ।

भिजिट भिसा दुरुपयोग प्रकरणमा विपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेर निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन् ।

कमेन्टहरु