राजेन्द्र महतो कतारमा

रामएकवाल राम
२०८२ जेष्ठ २१ | मध्यान्ह ०१:०२ बजे

रामएकवाल राम
दोहा कतार : राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो कतार आईपुगेका छन। अमेरिकाको एक सम्मेलनमा सहभागी भई नेपाल फर्कने क्रममा कतारमा बसोबास गर्ने नेपाली (मधेशी) श्रमिकहरूसँग भेटघाट गर्नको निमित्त महतो मंगलबार कतार आएका हुन
मधेसी एकता समाज कतारले अगामी जुन ६ तारिख दोहाको मुन्ताजा पार्क नजिकै रहेको गोर्खाली रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजेदेखि आयोजना गर्ने भेटघाट तथा सम्मान कार्यक्रममा महतो सहभागी हुने समाजका अध्यक्ष शिवकुमार महतोले जानकारी दिए ।
ईस्लाम धर्मालम्बीहरुको दोस्रो ठूलो पर्व वक्र इद (इद-उल-अज्हा) को शुभकामना आदानप्रदान पनि गरिने कार्यतालिका रहेको छ ।कार्यक्रममार्फत प्रवासमा रहेका मधेशीहरू अझ संगठित हुने र मधेशको आवाजलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने अपेक्षा गरिएको छ























