समाचार

कपिलवस्तुको विजयनगरमा चर्दाचर्दै ६ वटा भैंसी एकै पटक मरे

नवलपुर टुडे
२०८२ जेष्ठ २० | मध्यान्ह ०६:०२ बजे
फाइल तस्बिर

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिका–५ नौरगियामा विरे अहिरले सञ्चालन गरेको भैंसी स्रोत केन्द्रमा एकैपटक ६ वटा भैंसी मरेका छन् । जसमा ५ वटा गर्भवती भैंसी र १ पाडा छ्न् । एउटा भैंंसी गम्भीर अवस्थामा रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले नवलपुर टुडेलाई जनाएको छ ।  

स्रोत केन्द्रमा २६ वटा भैंसी थिए । बिहान भैंसी चराउन लगिएको थियो । घटनाको निरीक्षण गर्न लुम्बिनी प्रदेशको पशु चिकित्सकको टोली घटनास्थल पुगेको छ । मृत भैंसीको पोस्टमार्टम गरेका छ्न् । 

चर्नेक्रममा सबै भैंसीले चरी घाँस खाइएको र सोही घाँसका कारण भैंसी मरेको हुन सक्ने भेट्नरी अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख डाक्टर प्रवेज आलमले नवलपुर टुडेलाई बताए । 

कमेन्टहरु