नेकपा(माओवादी केन्द्र)को संसदीय दलको बैठक बस्दै

नवलपुर टुडे
२०८२ जेष्ठ १९ | बिहान ०९:०२ बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) संसदीय दलको बैठक आज (सोमबार) बस्दै छ। सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा मध्याह्न बैठक बस्नेछ ।
बैठकमा सरकारले आउँदो आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेटका विषयमा छलफल गरिनेछ। साथै, समसामयिक राजनीतिक विषयमा छलफल गरिनेछ।

















